back
CTIZAN AD

दिनभर प्रहरीलाई टेन्सन, वास्तवमा निर्णय यस्तो थियो

वि.सं.२०७६ चैत २७ बिहीवार

852 

shares

२७ चैत्र, काठमाडौँ । आज दिनभर सरकारले प्रहरीको एक महिनाको तलब काट्ने निर्णय गरेको समाचारले सनसनी फैलियो ।
यसबारेमा निकै टिकाटिप्पणी भए । कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका प्रहरीहरुको तलब काटिने समाचार आएपछि धेरैले सरकारको निर्णय फिर्ता गरिनुपर्दछ भनेर माग पनि गरे ।

राजनीतिक दलका नेता देखि बुज्रुक नागरिकबाट समेत सरकारको निकै आलोचना भयो । तर वास्तविकतामा एक महिनाको तलबबाट प्रहरी महानिरिक्षकको ७ दिनको तलब र असईको ३ दिनको तलब एकमुष्ट संकलन गरी सरकारी राहत कोषमा जम्मा गर्ने भनि प्रहरी प्रधान कार्यालयले निर्णय गरेको पाइएको छ ।

तर प्रहरी हवलदार, सिपाही र अन्य परिचरहरुको बारेमा भने लेखिएको छैन । यसले दिनभरी प्रहरी जवानहरुलाई टेन्सन बनायो र सामाजिक सञ्जाललाई उत्तेजित पनि बनायो । प्रसासनविद्हरु भन्छन् ‘यो बेला खटिने प्रहरीहरुलाई अधिक भत्ताको व्यवस्था गरिनु पर्दछ र सहयोग चाहिँ स्वेच्छिक हुनुपर्दछ ।’

यससम्बन्धमा बुझ्न खोज्दा सहप्रवक्ता तथा सूचना अधिकारी एसएसपी उमेशराज जोशीको टेलिफोनमा सम्पर्क हुन सकेको छैन ।

वि.सं.२०७६ चैत २७ बिहीवार २०:१७ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...