back
CTIZAN AD

राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुखद्वारा ५ हजार थान मास्क हस्तान्तरण

वि.सं.२०७६ चैत २८ शुक्रवार

777 

shares

२८ चैत्र, काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभाग (राअवि) पूर्व कर्मचारीसंघ नेपालले ५ हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ ।

राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माद्वारा ५ हजार थान सर्जिकल मास्क राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारीलाई हस्तान्तरण गरिएको हो ।

राष्ट्रिय सुरक्षाको मेरुदण्डको रुपमा रहेको राष्ट्रिय अनुसन्धान विभागको समग्र जनशक्ति पनि कोरोना महामारीको नियन्त्रण तथा रोकथामको काममा अहोरात्र फिल्डमा खटिरहेको विद्यमान स्थितिमा मास्क हस्तान्तरण गरिएको पूर्वप्रमख शर्माले बताएका छन् ।

शर्मा भन्छन् ‘देश र जनताको रक्षाका निम्त रातदिन यसरी खटिरहनु भएका राअविका कर्मचारी मित्रहरुलाई मानव मात्रको शत्रुका रुपमा देखा परेको कोरोनाको संक्रमणबाट बँचेर कर्तव्य पालनामा खटिरहन थोरै मात्र भए पनि सघाउ पुगोस भनी राष्ट्रिय अनुसन्धान विभाग पूर्व कर्मचारी संघ नेपालले केहि सहृदयी मित्र र दाताहरुलाई आग्रह गरी संकलन गरेको करिब पाँच हजार गोटा सर्जिकल मास्क आज मिति २०७० साल चैत्र २७ गते राष्ट्रीय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारिज्यूलाई संघको तर्फबाट हस्तान्तरण गर्ने कार्य भयो ।’
मास्क ग्रहण गर्दै मुख्य अनुसन्धान निर्देशक अधिकारीले संघका अध्यक्ष लगायत केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु र राअवि पूर्व कर्मचारी संघ परिवारलाई हार्दिक आभारसहित धन्यवाद ज्ञापन गरेको कुरा पनि उनले जानकारी गराएका छन् ।

‘अहिले विश्वभरि फैलिएको कोभिडको महामारीले झण्डै एक लाखको हाराहारिमा मानिसहरुको अकाल मृत्यु भइसकेको छ भने लाखौं मानिस संक्रमित भएको अबस्था छ । यो प्रकोपका कारण समस्त मानव जगत मृत्युको भयले त्राहिमाम छ । यस रोगको उपचारका लागि हालसम्म कुनै कारगर औषधि तथा खोप पत्ता लाग्न पनि सकेको छैन । यस अदृश्य शत्रुबाट विश्वका सर्बशक्ति सम्पन्न राष्ट्रहरुले समेत हार खाएको स्थिति छ । तथापि यस रोगको संक्रमणबाट सुरक्षित रहन आत्मअनुशासनको पालना सहितका केहि नियन्त्रणात्मक उपायहरु रहेको कुरा गम्भीर क्षति व्यहोरेर अनुभव हासिल गरेका देशका विज्ञहरुले सुझाउने गरेका छन् । त्यस्ता उपायहरु मध्ये सुरक्षित प्रकारको सर्जिकल मास्कको प्रयोग एउटा प्रबल माध्यम पनि हो भन्ने उहाँहरुको राय रहेको छ । यति खेर हाम्रो देशमा गत दुई हप्ता अघि देखि सरकारले कडारुपले लकडाउन लागु गरेको छ । यस अबस्थामा सुरक्षा निकाय र अत्याबश्यक सेवाका कर्मचारी बाहेक अन्य सबै राष्ट्रसेबक एवं आम जनसमुदाय घरमै परिवारसँग बसेको देखिन्छ । तर सुरक्षाकर्मी र चिकित्सकहरु आफ्नो ज्यान जोखिममा राखेर कोरोना संक्रमित र समग्र राष्ट्रको सेवामा चौविसै घण्टा खटिरहन बिवस हुनुपरेको छ ।’ उनले हस्तान्तरणको पृष्ठभूमिमा भनेका छन् ।

वि.सं.२०७६ चैत २८ शुक्रवार ०८:४७ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...