
२८ चैत, काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले प्रदेश पाँच सरकारलाई पाँचलाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
कम्पनीले आफ्नो १३ औं वर्ष प्रवेशको अवसरमा सामाजिक उत्तरदायीत्व अन्तर्गत कोरोना रोगको रोकथाम तथा उपचारको लागि प्रदेश सरकारलाई सहयोग पुर्याउने उद्देश्यले उक्त आर्थिक सहयोग गरेको हो ।
कम्पनीको तर्फबाट विभागीय प्रबन्धक तथा बुटवल शाखा प्रबन्धक कृष्णकुमार पुरीले प्रदेश मुख्यमन्त्री शंकर पोखरेललाई शुक्रबार मुख्यमन्त्रीको कार्यालयमा सहयोग राशीको चेक हस्तान्तरण गरेको हो ।
कम्पनीले कोरोना उपचारको लागि प्रदेश सरकारको राहत कोषमा रु ५ लाखको दरले सहयोग गर्ने पूर्वघोषणा अनुसार बिहीबार प्रदेश नम्बर १, गण्डकी प्रदेश र कर्णाली प्रदेश सरकारलाई सहयोग राशी बराबरको चेक हस्तान्तरण गरिसकेको छ ।
वि.सं.२०७६ चैत २८ शुक्रवार १३:३५ मा प्रकाशित