२८ चैत, हङकङ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्पय परिषद् (एनआरएनए) हङकङले कोरोनाको कहरबाट हङकङका नेपालीलाई बचाउन तथा नेपाल सरकारलाई सहयोग पुर्याउनका लागि विभिन्न गतिबिधि गरेको छ ।
समितिले बिश्वब्यापी रुपमा फैलिएको कोरना भाइरस (कोभिड १९) का कारण बिश्वकै मानवजाती माहामारीको चपेटामा परिरहेको अवस्थामा कोरनाबिरुद्द लड्नका लागि नेपाल सरकारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर समेत गरेको छ ।
त्यसैगरी हङकङमा रहेका नेपालीहरुलाई यो माहामारीबाट बचाउन एनसीसीले गर्नुपर्ने काम, सचेतनामुलक कार्यक्रमहरु तथा साबधानी बारे समुदायलाई जानकारी र नेपालीहरुको अवस्थाबारे जानकारी लिन निम्न अनुसारको गतिविधिहरु गरेको जानकारी दिएको छ ।
संघले १ देखि २४ फेब्रवरीका दिन ७ हजारप्रति मास्क र ३ सय वटा हेन्ड सेनिटाईजर (मुख्य त स्थानीय समुदाय र नेपाली समुदायलाई) वितरण गरेको हो ।
त्यस्तै नेपालीहरुको मुख्य बस्ति रहेको हङकङका विभिन्न नौ स्थानमा कार्यसमितिको एकसदस्य सम्पर्क व्यक्ति तोकी नेपाली समुदायलाई कोरोनाबाट जोगिन सू–सूचित गर्ने तथा आपतकालीन अबस्थामा सहयोग गर्न जिम्मेवारी दिइएको छ ।
कोरोना भाइरस नियन्त्रणमा एनसीसी हङकङले के कसरी नेपाल (मातृभूमि) लाई सहयोग गर्न सकिन्छ भनि अध्ययन गर्न ५ जनाको कोभिड-१९ सहयोगबारे अध्यन समिति बनाई अध्यन गर्ने जिम्मेवारी दिइएको तथा समितिबाट सुझाब प्राप्त गरिएको बताइएको छ ।
एनसीसीेले कोरोना भाइरसको महामारीको बेला कोभिड १९ नियन्त्रण सहयोगबारे अध्ययन समितिले रु ७ लाख ५० हजार बराबरको ४ हजार वटा केएन-९५ मास्क र ५० वटा इन्फ्रारेड थर्मोमिटर नेपाललाई दिँदा उपयुक्त हुन्छ भन्ने प्रस्ताब एनसीसी, संरक्षक र सल्लाहकारहरुले सर्बसम्मत पारित गर्यो र तपसिल बमोजिमका समान आइसिसि मार्फत छिट्टै नै गोङ्गझाओ कन्सुलेटमा बुझाइने बताइएको छ ।
त्यस्तै कोरना विरुद्ध लड्न एनसीसीले कोभिड-१९ आपतकालीन कोष खडा गरि रकम संकलन गर्ने काम सुरु गरेको छ ।
वि.सं.२०७६ चैत २८ शुक्रवार १३:५९ मा प्रकाशित






























