२८ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच शुक्रबार टेलिफोन संवाद भएको छ । संवादका क्रममा कोरोना भाइरस बिरुद्धको लडाईंलाई कसरी अझ ससक्त बनाउने छलफल भएको प्रधानमन्त्री ओलीले बताएका छन ।

कुराकानीका क्रममा लकडाउनले गर्दा दुबै देशमा नागरिकहरु रोकिएकाले तिनिहरुलाई राम्रसंगले हेरचाह गर्ने सहमती पनि भएको छ ।
कोरोना भाईरसका बिरुद्धको लडाईमा बिगत २ हप्तादेखि लकडाउन गरि रहेका छन । लकडा उनका कारण कयौं नेपाली नागरिकहरु भारतमा र भरतीयहरु नेपाल तर्फ अड्किएका छन ।
आज मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग @narendramodi टेलिफोन संवाद गरें । कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं । लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं ।
— K P Sharma Oli (@kpsharmaoli) April 10, 2020
वि.सं.२०७६ चैत २८ शुक्रवार १४:५२ मा प्रकाशित






























