back
CTIZAN AD

नवीन बिक, रबि लामिछाने अनि सरकार

वि.सं.२०७६ चैत २८ शुक्रवार

903 

shares

बिस्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संसारनै थला परेको विकराल अवस्था छ । यो अवस्थाबाट नेपालले पनि धेरै अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने हुन्छ कि भन्ने हामी सबैभित्र एउटा त्रास फैलिएको छ । बिश्वमा विकसित तथा शक्तिशाली हुँ भन्ने देशहरु पनि यो महामारीलाई समाधान गर्न सकिरहेका छैनन् भने हाम्रो जस्तो देशमा यो महामारीको समाधान कसरी होला भन्ने त्रास हामीभित्र हुनु स्वभाविक नै हो ।

ठुला ठुला विकसित देशहरूले पनि अन्य देशको सहयोग मागिरहेका छन् । भगवानको कृपाले त्यस्तो अवस्था नआवोस् यदि आइहालेछ भने हाम्रो देशले पनि अन्य देशको सहयोग बिना यो महामारी सँग जुध्न असम्भव नै छ । यो महामारीलाई रोक्न अस्पतालहरुलाइ चाहिने प्रयाप्त समानहरु हुनु अति आवश्यक छ र त्यस्ता समानहरु विश्व बजारमा अतिनै अभाव रहेकोे छ । यस्तो अवस्थामा सरकारले स्वास्थ्यकर्मीहरुलाइ चाहिने सामाग्रीहरु जतिसक्दो चाडै उपलब्ध गराउन पत्रपत्रिका तथा समाजिक संजालमा हामीले ध्यानाकर्षण गरायौं । सरकारले पनि सकेसम्म चाडै उपलब्ध गराउने पहल गर्यो । जतिसक्दो चाडै सामान उपलब्ध गराउन आवाज उठाउने हामी पुनः सरकारले चालेको प्रक्रिया गलत र भ्रष्टाचार भयो भनी सरकारलाई खबरदारी गर्नतिर पनि लाग्यौं । त्यसै खबरदारीलाई अवलोकन गर्दै सरकारले सुरुको खरिद गर्ने प्रक्रिया नै उल्टाइ नेपाली सेना माताहत खरिद गर्ने जिम्मा दियो । अब पुन सेनाले समन्वय गर्दै छ । यतिबेला विश्व बजारमै आवस्यक स्वास्थ्य सामग्री अभाव भएको बेला हाम्रो यो आपसी खिचातानीले झनै ढिला भएको छ । एकपटक सान्त भएर सोचौं त यदि अरु देशमा जस्तो यो महामारी हाम्रो देशमा फैलिएको भए र आवश्यक पर्ने सामग्री नहुदा हाम्रो अवस्था कस्तो हुँदो हो ? यस्तो भयावह परिस्थितिमा महामारी रोक्ने ब्यवस्थापन तिर लाग्नुको साटो आरोप–प्रत्यारोप गर्नतिर लाग्यौं जस्तो लाग्छ ।

हो सरकारले गरेको प्रक्रिया गलत वा भ्रस्टाचार होला त्यसको लागी भोली संबंधित निकायमा उजुरी दिउला, निकाय छ छानबिन गर्ला तर अहिले तत्काल हामीलाई महामारीबाट बाच्नु छ अनि नेपाली जनतालाई बचाउनु छ ।
यसैमा जोड्न चाहे आजभन्दा ११ दिन पहिला राष्ट्रिय प्रसारण टेलिभिजनको “सिधा कुरा जनतासँग’ भन्ने कार्यक्रममा कार्यक्रम संचालक रबि लामिछाने सँग चीनबाट एनआरएनए सदस्य नवीन बि क र स्वास्थ्य सेवा बिभागका महानिर्देशक महेन्द्र श्रेष्ठहरुको कुराकानी सुनेको थिए । त्यस कुराकानीमा नवीन बिकले सरकारको कदमलाई भ्रष्टाचारको आरोप लगाउँदै ‘जहाज र भन्सारको ब्यबस्था मिलाई दिए एक जहाज समान सित्तैमा दिने’ कुरा गरेका थिए भने महानिर्देशक श्रेष्ठले बि कलाई धन्यवाद दिदै ‘समान तयार भए जहाज पठाउने’ बाचा गर्नुभएको थियो । सामान पाए जहाज तुरुन्त पठाउछु भन्ने महानिर्देशक श्रेष्ठको कुराले के जनाउछ भने सरकार जतिसक्दो चाडै आवस्यक सामना जुटाउन तत्पर छ तर महामारीले बिश्व बजारमा समानको अभाव छ । महानिर्देशक श्रेष्ठ र बि क बिच कुरा भैरहदा रबि लामिछाने आफ्नो कार्यक्रममा अत्यन्तै उपलब्धिमुलक प्रसारण गरेको महसुस गर्दै खुसीले प्रफुल्ल देखिन्थे । तर बि कले १० दिनमा सामान दिने बाचा पूरा गर्नु त परै जाओस् यो मितिसम्म दिन सक्छौं भन्न समेत सकेनन् र उनको प्रस्तुतिको भाव बुझ्दा बाचा अनुसारको समान दिन सक्ने पनि देखिदैन ।

दक्षिण कोरियाबासी नेपाली एनआरएनए कोरियाले छोटो समयमा देशप्रतिको भाव अनि कर्तव्य सम्झेर संकलन गरेको सवा करोड भन्दा बढी पैसामा विकले आफ्नो वाहावाही गर्न खोजेको देखिन्छ । बाचा गरेको समय पूरा भएपछि पुनः बिकँसग सम्पर्क गर्दा गैरजिम्मेवार पुर्ण जवाफ पाएपछि त्यसको जिम्मेवारी पुर्ण उत्तर निकाल्न रबि लामिछाने पटकपटक प्रयास गर्दै मलिन मुहारमा बिकको जवाफ सुनिरहेकोे उनको कार्यक्रममा प्रष्ट देखिन्छ । एउटा ब्यक्तिको रवैयाले आज ८० भन्दा बढी देशमा खुलेको एनआरएनए सिङ्गो संस्थालाइ लज्जित बनाएको छ संस्थाको यसमा गम्भीर ध्यानाकर्षण होस् भन्ने चाहान्छु ।

यता महानिर्देशक श्रेष्ठले यस्ता ब्यक्तिगत कुरामा भन्दा संस्थाको कुरा आइसकेपछि नवीन बिक सँग मात्र कुराकानी गर्नु भन्दा संघका सम्बन्धीत व्यक्ति केन्द्रीय अध्यक्ष र महासचिवहरुसँग सम्पर्क गर्नुपर्ने देखिन्छ । त्यसैले अहिलेको परिस्थिति भावनात्मक कुरा गरेर वा भावनामा चलेर समस्या समाधान हुनेवाला छैन । त्यसैले यो महामारीसँग जुध्न जतिसक्दो आवस्यक सामाग्रीहरु तुरुन्त ब्यवस्थापन गर्नतिर सरकारले पहल गरोस् । अहिलेको भयावह स्थितिमा अस्पताल र स्वास्थ्यकर्मीको ठूलो भुमिका तथा सहयोग राज्यलाई चाहिएको बेला कति अस्पतालले सेवा नै बन्द गर्ने सेवा दिएकाहरुले पनि आफूले चाहेजस्तो बिरामी मात्र लिने सर्वसाधारणलाई सेवा लिन बन्चित गरेका खबरहरु आएका छन् । यस्ता सेवामा नआउने कर्मचारी तथा सेवा दिन बन्द गर्ने अस्पतालहरुलाइ सरकारले अविलम्ब कार्वाही गर्न सक्नुपर्छ । यदि कुनै कर्मचारी वा अस्पतालले सेवा दिन मान्दैन भने कर्मचारीलाई बर्खास्त गरि त्यस्ता अस्पताललाई सरकारीकरण गर्ने सम्मको आँट सरकारले गरोस् । देशमा आइपरेको समस्याका बेला अन्य बेला देशभक्तिका कुरामा खोक्दै हिड्नेहरु र सर्वसाधारणको स्वास्थ्यमा समर्पित भनेर विरामीलाई बन्धकी बनाएर अप्रत्यक्ष रुपमा लाखौं लुट्ने अस्पतालहरुको सेवाको मापन सरकारले गर्नै पर्दछ ।

अहिले बिश्व मानव जोगाउन तिर लागेको बेला हामी पनि जोगिन र जोगाउन तिर लागौं । महामारीको बेला नियम कानुन भनेर रोकिनु हुदैन मानवीय सुरक्षाको लागि सरकारले पनि भएका अप्ठ्याराहरु फुकाउदै सकारात्मक निर्णय गरेर चुस्त गतिमान बनोस् ,भ्रस्टाचार अनियमितता भए संबंधित निकायमा उजुरी गरौं तर आवस्यक भन्दा बढी आलोचनामा समय खर्च नफालौ । यो बेला सकारात्मक कुराहरू उठाइ मनोबल बढाउने समय हो ।

के तपाई कसैको नासो बोकेर विदेश यात्रा गर्दै हुनुहुन्छ ?

 

वि.सं.२०७६ चैत २८ शुक्रवार १५:११ मा प्रकाशित

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

संसारमै चक्मा दिने गरी जनयुद्ध (बिचारले उठेको शसस्त्र संघर्ष) को...