२८ चैत, कोरिया । नेपालमा कोरोनाबाट प्रभावित नेपालीहरुको सहयोगको लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको संयोजन तथा त्यहाँरहेका भएका अभियन्ताहरुको सहकार्यमा सहयोग संकलन अभियान सुरु गरिएको थियो ।
अभियान सुरु गरेको चारदिनमै १४ करोड २६ लाख ३७ हजार सात सय ७९ वोन अर्थात् एक करोड ४० लाख ७९ हजार सात सय ७५ रुपैयाँ संकलन भएको थियो ।
मातृभूमिमा परेको विपतको घडीमा सहभागी भई प्रतिव्यक्ति २० हजार वोन बराबरको किट खरिद गरी सहयोग गर्न कोरियावासी नेपालीहरुलाई एनआरएनएले आग्रह गरेको थियो ।
कोरियामा उत्पादित किटले कोरोना लागे\नलागेको तीन घण्टामा नतिजा दिन्छ । यसको मूल्य प्रतिकिट २० डलर पर्छ ।
किटका लागि कोरियामा रहेको सम्बन्धित कम्पनीसँग सम्झौता भए लगत्तै किट खरिद गरी नेपाल सरकारलाई कोरोनाविरुद्धको संघर्षमा सहयोग र्पुयाउन केही सामग्री औपचारि करुपमा दक्षिण कोरियाका कार्यवाहक नेपाली राजदूत रामसिंह थापालाई बिहीबार हस्तान्तरण गरियो ।

अभियानबाट संकलित रकममध्ये अहिले पहिलो चरणमा चार हजार किट र पाँच सय थान हाइ सेन्सेटिभ कोभिड किट्स (एचपीपीई) सेट कोरियन एयरलाइन्सको विमान चार्टर्ड गरेर १० अप्रिल शुक्रबार नेपाल पुग्ने दूतावास स्रोतले बताएको छ ।
अभियान समाप्त भएको केही दिनमै उपकरण नेपाल पठाउने भनिएता पनि नेपाल(कोरिया हवाइ मार्ग बन्द भएका कारण केही समय ढिलो भएको हो ।
त्यस्तै, दोस्रो चरणमा अन्य अत्यावश्यक सामग्री तथा उपकरण पठाउने तयारी रहेको पनि एनसिसि दक्षिण कोरीयाका महासचिव विमल सुवेदीले जानकारी दिए ।
दोस्रो चरणको सहयोग चीनबाट नेपाल जाने सामग्री नेपाल सरकारबाट हुने चार्टर्ड विमानको अभावमा ग्वाङझाउ स्थित नेपाली नियोगमा रहेको र अनुकूलता अनुसार नेपाल पठाइने छ ।
यसैगरी पहिलो चरणमा ४२ हजार भन्दा डलर बढीको कीट र २४ लाख रुपैयाँ बराबरको पीपीई लगायतका सामान नेपाल पठाएको र दुई चरणमा गरेर ७५ लाख रुपैयाँ बराबरको सामान नेपाल पठाइने राष्ट्रिय समन्वय परिषद् कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए ।
वि.सं.२०७६ चैत २८ शुक्रवार १५:४६ मा प्रकाशित






























