back
CTIZAN AD

कोरियाबाट काठमाडौँ आइपुग्यो पीपीई

वि.सं.२०७६ चैत २८ शुक्रवार

621 

shares

गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले कोरोना भाइरस (कोभिड १९) को महामारी विरूद्धको लडाइँमा साथ दिने प्रतिबद्धता अनुसार पठाएको पीपीई लगायतका सुरक्षा सामाग्री काठमाडौँ आइपुगेको छ ।

४००० टेस्ट किट र ५०० वटा स्वास्थ्यकर्मीले लगाउने विशेष सुरक्षा उपकरण (पीपीई) लगायतका सामग्री काठमाडौँ आइपुगिसेको एनआरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्तले बताए । उनका अनुसार एउटा किटबाट १० जनाको परीक्षण गर्न मिल्ने भएकाले ४० हजार नमुना परीक्षण गर्न सकिनेछ । यसले संक्रमण भएको ३ घण्टामै नतिजा पनि दिन्छ ।

त्यस्तै गैरआवासीय नेपाली संघको पहलमा संकलित सामग्रीहरु शनिबार काठमाडौँ आइपुग्ने पनि उनले बताएका छन् ।

उनी भन्छन् ‘चीनबाट पनि ५५० वटा आईआर थर्मोमिटर, २००० वटा पीपीई सेट, १७४०० केएन–९५ मास्क, ४७००० डिस्पोजेबल मास्क र ४०००० पञ्जा शनिबार काठमाडौँ आइपुग्दैछन् ।’ उनले यी काम सम्भव बनाउन अहोरात्र खट्ने कोरिया, चीन र मकाउका गैरआवासीय नेपाली संघका साथीहरु, त्यहाँस्थित दूतावास एवं नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

नेपालमा कोरोनाबाट प्रभावित नेपालीहरुको सहयोगको लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको संयोजन तथा त्यहाँरहेका भएका अभियन्ताहरुको सहकार्यमा सहयोग संकलन अभियान सुरु गरिएको थियो ।

अभियान सुरु गरेको चारदिनमै १४ करोड २६ लाख ३७ हजार सात सय ७९ वोन अर्थात् एक करोड ४० लाख ७९ हजार सात सय ७५ रुपैयाँ संकलन भएको थियो ।

मातृभूमिमा परेको विपतको घडीमा सहभागी भई प्रतिव्यक्ति २० हजार वोन बराबरको किट खरिद गरी सहयोग गर्न कोरियावासी नेपालीहरुलाई एनआरएनएले आग्रह गरेको थियो ।

वि.सं.२०७६ चैत २८ शुक्रवार १७:२० मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...