back
CTIZAN AD

प्रदेश न २ मा किसानलाई राहत, ४ महिनाको ब्याज मिनाहा

वि.सं.२०७६ चैत २८ शुक्रवार

738 

shares

२८ चैत्र । कोरोना भाइरस (कोभिड १९) का कारण किसानहरु प्रभावित भएपछि प्रदेश २ मन्त्रिपरिषद्ले किसानहरुलाई राहत कार्यक्रम ल्याएको छ । शुक्रबारको मन्त्रीपरिषद् बैठकले कृषि प्रायोजनका लागि लिइएको चार महिनाको ब्याज प्रदेश सरकारले दिने निर्णय गरेको छ ।

मन्त्री परिषद्को बैठकले दुई नं प्रदेशको मुख्य आम्दानीको श्रोत रहेको कृषि कृषि कोरोना (कोभिड–१९)बाट प्रभावित भएपछि कृषकमा पर्न गएको प्रतिकूल प्रभाव न्यूनीकरण गर्ने राहत निर्देशिका पारित गरेको हो ।

कोरोना भाइरस महामारीका कारण कृषि क्षेत्र गम्भीर रूपले प्रभावित हुन थालेपछि कृषिकार्यलाई सहज बनाउनका लागि राहत तथा पुनस्र्थापनासम्बन्धी कार्यक्रम समेटिएको निर्देशिका मन्त्रिपरिषद्ले पारित गरेको प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

निर्देशिकामा राहत तथा ब्याज अनुदानको व्यवस्था छ । राहत तथा पुर्नस्थापना कार्यक्रमका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ३० करोड र आर्थिक मामिला तथा योजना मन्त्रालयको ६ करोड गरी ३६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बाली, बागबानी, पशुपक्षी, माछा आदि कृषिका सबै उपक्षेत्रसँग सम्बद्ध उत्पादन एवं साना उद्योग र व्यवसाय सरकारको यस राहत तथा पुर्नस्थापना कार्यक्रमको ब्याज अनुदानबाट लाभान्वित हुने बताइएको छ । मन्त्ती साहले कार्यक्रम सञ्चालनका लागि आवश्यक परे रकम थपिने जानकारीसमेत दिए ।

ब्याज अनुदान सीमाअन्तर्गत कृषि प्रयोजनका लागि लिएका ऋणमा ०७६ चैतदेखि ०७७ असार मसान्तसम्मका चार महिनाको ब्याज प्रदेश सरकारले दिनेछ । जसमा ऋण रकम पाँच लाखसम्मका लागि अधिकतम १२ प्रतिशत ब्याजदर भएको हकमा शतप्रतिशत ब्याज अनुदान दिइनेछ । यसमा १२ प्रतिशतभन्दा बढीको ब्याज ऋण भने स्वयंले व्योहोर्नुपर्नेछ ।

पाँच लाख रुपैयाँभन्दा बढी १२ लाख रुपैयाँसम्मको ऋणमा ब्याजदरको ५० प्रतिशत वा ६ प्रतिशतमध्ये जुन कम हुन्छ दिइनेछ । १५ लाख रुपैयाँभन्दामाथि ३० लाख रुपैयाँसम्म ब्याजदरको ४० प्रतिशत वा ब्याजदर ५ प्रतिशतले आउने रकममध्ये जुन कम हुनेछ, त्यो दिइनेछ । ३० लाख रुपैयाँभन्दा बढी ऋणमा मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले निर्धारण गरेबमोजिम अनुदान दिइनेछ ।

त्यस्तै लकडाउन अवधिमा नाशवान् ताजा तरकारी र दुध कृषकको खेतबारी, उत्पादनस्थल, संकलन केन्द्रबाट नजिकको बजारसम्म पुर्याउने सवारीसाधनका लागि समेत मन्त्रालयले तोकेबमोजिम ढुवानी सुविधा उपलब्ध गराइने जनाइएको छ ।

वि.सं.२०७६ चैत २८ शुक्रवार १८:४८ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...