back
CTIZAN AD

अमेरिकामा कोरोना समस्या ? हेर्नुस् समस्या र उत्तरहरु

वि.सं.२०७६ चैत २८ शुक्रवार

744 

shares

अमेरिका यतिबेला कोरोना भाइरस(कोभिड १९)को सबैभन्दा बढी प्रभावित देश देशको छ । त्यहाँ रहेका नेपालीहरु सुरक्षित राख्न र समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने उद्देश्यले अमेरिकामा रहेका नेपाली संघसंस्थाहरु आ–आफ्नो ढंगले लागि परेका छन् ।

यसैसन्दर्भमा नेपाली काँग्रेस समिर्थित प्रवास कमिटी जनसम्पर्क समिति पनि अमेरिकामा रहेका आफ्ना सबै च्याप्टरमा कोभिड–१९ राहत टास्क फोर्सहरु गठन गरि सहयोगमा जुटिरहेको छ ।

यहाँ कुरा गर्न लागिएको नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरले बनाएको च्याप्टरमा कोभिड–१९ राहत टास्क फोर्सको । अमेरिकाको न्युयोर्क क्षेत्र कोरोनाबाट सबैभन्दा बढी प्रभावित राज्य बनेको छ । नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरले सुर्य लम्सालको संयोजकत्वमा ‘कोभिड–१९ राहत टास्क फोर्स’ गठन गरेको छ ।

जनसम्पर्क समिति अमेरिकाले हालै गठन गरेको कोभिड–१९ राहत टास्क फोर्सहरू मध्ये न्युयोर्कको टास्क फोर्सले आफ्नो काम ब्यापक रुपमा अगाडी बढाएको संयोजक लम्सालले बताए ।

कोरोना भाईरसको केन्द्रबिन्दु रहेको एल्म्हस्र्ट हस्पिटलको वरपर बस्ने हजारौं नेपालीहरु यो भाइरसबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपबाट पिडित छन् । केहि नेपालीको मृत्यु भैसकेको र धेरै संक्रमित छन् । सबैलाई घरमा बस्ने निर्देशन दिइएको छ । सरकार नै गम्भीर अवस्थामा लागिरहेको यस्तो अवस्थामा नेपाली संस्थाले गर्ने भनेको घरमा थर्मामिटर नभएर ज्वरो नाप्न नपाउनेलाई एउटा उपलब्ध गराउनु पनि त्यो संस्था वा व्यक्तिले दिने ठूलो सहयोग हो, लम्सालको भनाइ छ । ‘अहिले चाहिने अत्यावश्यक राहतका सामाग्री भनेको टैलेनोल, थर्मामिटर, मास्क, पन्जा र हेन्ड सेनिटाइजर भएको र नेपाली संस्था तथा व्यक्तिहरुले घर घरमै पुर्याइएको’ पनि उनले बताए ।

लम्साल भन्छन् ‘स्थानीय सरकारसँग सहकार्य गरेर उनीहरुको योजना बुझी सरकारी प्रयत्नलाई सहयोग पुग्ने र नेपाली समुदायलाई पनि राहत मिल्ने बिषयमा हात हाल्न जरुरी छ।’ उनका अनुसार टास्कमा रहेकाहरुले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेका छन् ।

कसलाई के जिम्मेवारी
लामो समयसम्म स्थानीय नेतृत्वलाई सहयोग गर्दै न्युयोर्क शहरमा चिर परिचित यसै टास्क फोर्सका सदस्य तथा समाजसेवी मोहन ज्ञवाली, नवराज के.सी, डा तारा निरौला, क्षेमाङ लामा, उर्गेन शेर्पा र श्याम कार्कीले नेपालीले सधै सहयोग दिने मात्र होइन, यस्तो आपतमा सरकारसँग राहत लिन पनि जान्नुपर्छ भन्दै कार्य योजना तयार बनाएका छन् ।

टास्कफोर्सका सदस्य तथा जनसम्पर्क समिति न्युयोर्क च्याप्टरका सभापति रोशन ढुंगाना र एनआरएनए अभियान्ता अन्जान चौलागाईंले समस्याको जानकारीका लागि क्विन्समा रहने नेपालीहरुसँग सम्पर्कमा रही सहयोगको वातावरण तयार गरिररेका छन् ।

छिरिङ्ग लामा र दिपेन्द्र लामाले आउँदा दिनहरुमा आउन सक्ने विद्यार्थीको समस्याका विषयमा स्थानिय र राष्ट्रिय नेतृत्वसंग बसेर छलफल गर्न टास्क फोर्सले पहल गरिरहेका छन् ।

टास्क फोर्सले फेडेरल सरकारको तर्फबाट कांग्रेसवोमन ग्रेस मेंग र नेपाली समाजसेवी बीच भिडियो कन्फरेन्स गराएर हाम्रो समस्या तथा हामीले पाउने सुबिधाको बारेमा जानकारी लिने काम गरिरहेको रोटरी क्लब न्युयोर्क ‘क्विन्स’का अध्यक्ष समेत रहेका नवराज केसीले बताए । उनि भन्छन् ‘भिडियो कन्फरेन्सको माध्ययमबाट भुतपुर्व काउन्सिल वोमन तथा क्विन्स बोरो प्रेसिडेन्टका क्याण्डिडेटसँग सहयोगको अपिल ग¥यौँ । एल्मस्र्ट हस्पिटल रहेको क्षेत्रको सिटि काउन्सिल्मेन ड्यानियल ड्रमसँग कन्फ्रेंस्कल गराएर धेरै उपयोगी सरकारी श्रोतका बारेमा जानकारी लियौँ ।’

सरकारी श्रोत परिचालन गर्न लामो समय देखि पहल गर्ने शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले यो आपदमा नेपाली समाजलाई राजनीतिक व्यक्तित्वहरुसँगको सहकार्यबाट नै धेरै सहयोग गर्न सकिने बताए ।

अमेरिका भरिका जनसम्पर्क समितिका टास्क फोर्सको संयोजन गरिरहेका जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ्ग न्युयोर्कको टास्क फोर्सको काँधमा ठूलो जिम्मेवारी आएको बताउँछन् ।

टास्क फोर्सले न्युयोर्क क्विन्स्का नेपालीहरुका लागि सहज हुने गरी सम्भावित समस्याउत्तर बुँदागत रुपमा प्रस्तुत गरेको छ । अझ सहजताका लागि टास्क फोर्सले सम्बन्धित जिम्मेवारी लिएका व्यक्तिहरुको नामसम्पर्क नम्बर समेत उपलब्ध गराइएको छ ।

समस्या :अत्यावश्यक सामग्री टैलेनोल, थर्मामिटर, मास्क, पन्जा र हेन्ड सेनिनाइजर कहाँ पाउने ?
उत्तर :  स्थानिय काउन्सिल मेनलाई सम्पर्क गर्ने । हामीलाई सम्पर्क गर्नुस हामी तपाइलाइ स्थानिय लिडरसँग जोडिदिन्छौं । हामीसँग पनि सामान आइरहेको हुनाले स्टकको आधारमा आफै पनि तपाईलाई उपलब्ध गराउन सक्छौँ ।
सम्पर्क : उर्गेन शेर्पा (718) 808-3677, रोशन ढुंगाना (646) 724-4431
समस्या : कोरोनाको लक्षण आयो , हस्पिटल गएँ । टेस्ट गरें । पोजिटिब आयो । घर गएर बस भनेर पठायो । म घर जान हुन्न किनकि मेरो सानो ठाउँ छ र अरुलाई सर्न सक्छ । म के गरौँ ?
उत्तर : हस्पिटललाई समस्या भन्नुस् । होटेल मिलाइदिञ्छ । नत्र हामीलाई फोन गर्नुस् ।
सम्पर्क : नवराज केसी (347) 567-8512
समस्या : मेरो घरमा मेरो साथीलाई कोरोना लागेको छ । म जोगिन खोज्दै छु । म यहाँ बस्न सक्दिन ९ के गरूँ ?
उत्तर : न्युयोर्कको गभर्नर अफिसमा यो बिषयमा तपाईं जस्तालाई ठाउँ उपलब्ध गराउने बारेमा छलफल भैरहेको छ । अपडेटका लागि हामीसँग सम्पर्क गर्नुस् ।
सम्पर्क : श्याम कार्की (347) 656-5326
समस्या : मेरो परिवारमा कोरोनाको कारणले मृत्यु भयो । उहाँको शब हस्पिटलमा छ । म के गरौँ ?
उत्तर : हामीलाई फोन गर्नुस् ।
सम्पर्क : मुनिन्द्र नेम्बाङ्ग (646) 379-9641, उर्गेन शेर्पा (718) 808-3677, अन्जान चौंलागाई (347) 656-6909
समस्या : मलाई इम्प्लोयमेन्ट सम्बन्धि फर्म भर्न आउँदैन । के गरौँ ?
उत्तर : हामीलाई फोन गर्नुस ।
सम्पर्क : छेमाङ लामा (347) 686-4957, दीपेन्द्र लामा (347) 935-2721, छिरिङ्ग लामा (347) 935-9745
समस्या : म नेपाली बिद्यार्थी हुँ । अनलाइन क्लास भैरहेको छ । पैसा तिर्न पर्छ । होस्टेलबाट निकाल्यो । बस्न सार्है दुःख छ । पार्टटाइम काम पनि छैन । नेपालबाट बाबाले पैसा पठाउन सक्नुहुन्न । उहाँको पनि जागिर छैन । मलाई सार्है गाह्रो भयो । म के गरौँ ?
उत्तर : हामी सहयोग गर्छाैं , फोन गर्नुस ।
सम्पर्क :छेमाङ लामा (347) 686-4957, दीपेन्द्र लामा (347) 935-2721, छिरिङ्ग लामा (347) 935-9745
समस्या : मेरो सानो ब्यापार थियो । हेर्नुस न एक महिना भयो । घरभित्र छु । आम्दानी छैन र अब कोरोना समाधान भए पनि त्यो ब्यापार काम छैन । मलाई बाँच्न नै धौ धौ हुने भो । के गरौँ ?
उत्तर : हामीलाई फोन गर्नुस ।
सम्पर्क : मोहन ज्ञवाली (646) 299-0447, नवराज केसी (347) 567-8512
समस्या : मसँग जागीर छैन । रेन्ट तिर्न सक्दिन । अपार्टमेन्टबाट निकाल्छ कि क्याहो । कहाँ जाउँ ?
उत्तर : निकाल्दैन । अहिलेको अवस्थामा ९ महिनासम्म रेन्ट नतिर्दा सम्म पनि तपाईं विरुद्ध घर साहुले उजुरी दिन मिल्दैन । तरपछी गएर भने तपाईले रेन्ट तिर्ने पर्छ । एकैचोटी कसरी १० महिनाको रेन्ट तिर्ने भन्ने कुराको सल्लाह राज्यले गर्दैछ ।
सम्पर्क : मोहन ज्ञवाली (646) 299-0447, डा. तारा निरौंला(646) 265-1439
समस्या :हेर्नुस न, घर किनी पासो भयो । मोर्टगेज तिर्ने पैसा नै छैन । घर त लिलाम हुन्छ कि क्या हो ?
उत्तर : हुन्न, ढुक्क हुनोस । तपाईलाई रेन्टमा बस्न भन्दा अझ बढी फाइदा छ किनकि तिन महिना पछि चार महिनाको मोर्टगेज एकै चोटि तिर्न पर्दैन ।
सम्पर्क : मोहन ज्ञवाली (646) 299-0447, डा. तारा निरौंला(646) 265-1439
समस्या : मेरो कागज छैन । अमेरिका सरकारले मलाई केहि दिन्न होला । काम पनि छैन । म कसरी बाँच्नु ?
उत्तर : ढुक्क हुनोस । तपाईको लागि सिटीको पनि सहयोग हुनेछ र फेरी कंग्रेसले अर्काे बिल ल्याउँदै छ । बिल पास गर्न गराउन सहयोग गर्नुस् ।
सम्पर्क :छेमाङ लामा (347) 686-4957, दीपेन्द्र लामा(347) 935-2721, छिरिङ्ग लामा (347) 935-9745
अन्य जानकारीको लागि तलका नम्बरमा सम्पर्क गर्नुस ।
१) रोशन ढुंगाना : (646) 724-4431
२) श्याम कार्की : (347) 656-5326
३) छेमाङ लामा : (347) 686-4957
४) सुर्य लम्साल : (718) 644-3927
५) मोहन ज्ञवाली :(646) 299-0447
६) डा।तारा निरौंला : (646) 265-1439
७) उर्गेन शेर्पा : (718) 808-3677
८) नवराज केसी :(347) 567-8512
९) अन्जान चौंलागाई : (347) 656-6909
१०) दीपेन्द्र लामा : (347) 935-2721
११) छिरिङ्ग लामा :  (347) 935-9745

वि.सं.२०७६ चैत २८ शुक्रवार २०:०४ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...