२९ चैत्र, काठमाडौँ । नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) को प्रभाव विश्वका प्राय सबै देशमा परेको छ ।
चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, स्पेन र अमेरीकालाई थला पार्दै यो विश्वका २१० देश पुगिसकेको छ । शुक्रबार मात्र यमनमा पनि कोरोना संक्रमण देखिएको हो ।
सन् २०२० अप्रिल ११ बिहान .३२ बजेसम्मको प्राप्त समाचार अनुसार संसारका १६ लाख ९९ हजार ६ सय ३१ मानिसमा कोरोना भाइरस सल्केको छ भने मृत्युको संख्या १०२,७३४ पुगेको छ । निको भएर घर फर्किएकाहरु संख्याको ३७६,३२७ छ भने उपचाररत बिरामीको संख्या १,२२०,५७० रहेको छ । जसमध्ये १,१७०,७४०को अवस्था मध्यम छ भने ४९,८३० को स्थिति गम्भिर रहेको छ ।
वल्र्डोमीटरका अनुसार अहिले सबैभन्दा बढी प्रभावित हुनेमा अहिले अमेरिका देखिन्छ ।
अमेरिकामा मात्रै प्रभावितको संख्या ५०२,८७६ पुगेको छ भने १८,७४७ को मृत्यु भएको छ । अमेरिकाको मृत्यु दर हेर्दा छिट्टै इटालीलाई पनि जित्न देखिन्छ । अमेरिकामा शुक्रबार मात्र २०५६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । अमेरिकाको मृत्युदरले बिहिबार मात्र स्पेनलाई उछिनेको थियो ।
मृत्युदरको हिसाबमा हेर्दा भने इटाली सबैभन्दा बढी प्रभावित देश बनेको छ, यद्यपी केही दिनदेखि मृत्युदर घटिरहेको छ । अहिलेसम्म १८ हजार ८९४ जनाले ज्यान गुमाएका छन् । इटालीमा प्रभावितको संख्या १ लाख ४७ हजार ५ सय ७७ रहेको छ ।
कोरोना उत्पत्ति भएको देश चीनमा प्रभावितको संख्या ८१९५३ रहेको छ । शुक्रबार ४६ नयाँ केश देखिएको छ भने ३ जनाको मृत्यु भएको छ । चीनमा मृत्यु संख्या ३३३९ पुगेको छ ।
प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले इटाली पहिलो, अमेरिका दोस्रो, स्पेन तेसो, फ्रान्स चौंथो, बेलायत पाचौँ, इरान छैठौं र चीन सातौँ क्षति व्यहोर्ने देशमा छन् ।
नेपालको कोरोना भाइरस अपडेट :
नेपालमा शुक्रबारसम्म ३५२५ जनाको परीक्षण भएकोमा जम्मा संक्रमितको संख्या ९ रहेको छ । चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो। ती पुरुष निको भएर घर फर्किएसकेका छन् भने ८ जना उपचाररत छन् ।
चैत्र २३ गते कोरोना संक्रमित एक व्यक्तिबाट अर्कोमा सरेपछि नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको छ । दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाबाट उनको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।
कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्का समुदायमा फैलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।
फ्रान्सबाट कतारको दोहाहुँदै चैत ४ गते नेपाल एक युवतीको चैत्र १० गतेको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएपछि भोलिपल्ट अर्थात् चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको थियो । सरकारले ११ गते मंगलवार बिहान ६ बजेदेखि चैत १८ सम्म लागू हुनेगरी गरेको लकडाउन तेस्रो हप्तासम्म लम्बिएर आगामी वैशाख ३ गते सकिँदैछ । विश्वभर तथा छिमेकी देश भारतमा समेत संक्रमितको संख्या बढीरहेका कारण नेपालको लकडाउन बढ्ने सम्भावना देखिन्छ ।
यस्तो छ कोरोना भाइरसको अपडेट तथ्याङ्क :
| Country, Other |
Total Cases |
New Cases |
Total Deaths |
New Deaths |
Total Recovered |
Active Cases |
Serious, Critical |
Tot Cases/ 1M pop |
Deaths/ 1M pop |
Total Tests |
Tests/ 1M pop |
|---|---|---|---|---|---|---|---|---|---|---|---|
| World | 1,699,631 | +796 | 102,734 | +50 | 376,327 | 1,220,570 | 49,830 | 218 | 13.2 | ||
| USA | 502,876 | 18,747 | 27,314 | 456,815 | 10,917 | 1,519 | 57 | 2,538,888 | 7,670 | ||
| Spain | 158,273 | 16,081 | 55,668 | 86,524 | 7,371 | 3,385 | 344 | 355,000 | 7,593 | ||
| Italy | 147,577 | 18,849 | 30,455 | 98,273 | 3,497 | 2,441 | 312 | 906,864 | 14,999 | ||
| France | 124,869 | 13,197 | 24,932 | 86,740 | 7,004 | 1,913 | 202 | 333,807 | 5,114 | ||
| Germany | 122,171 | 2,736 | 53,913 | 65,522 | 4,895 | 1,458 | 33 | 1,317,887 | 15,730 | ||
| China | 81,953 | +46 | 3,339 | +3 | 77,525 | 1,089 | 141 | 57 | 2 | ||
| UK | 73,758 | 8,958 | 344 | 64,456 | 1,559 | 1,086 | 132 | 316,836 | 4,667 | ||
| Iran | 68,192 | 4,232 | 35,465 | 28,495 | 3,969 | 812 | 50 | 242,568 | 2,888 | ||
| Turkey | 47,029 | 1,006 | 2,423 | 43,600 | 1,667 | 558 | 12 | 307,210 | 3,643 | ||
| Belgium | 26,667 | 3,019 | 5,568 | 18,080 |
वि.सं.२०७६ चैत २९ शनिवार ०८:४६ मा प्रकाशित






























