back
CTIZAN AD

कविताः एउटा दारुण चित्र

वि.सं.२०७६ चैत २९ शनिवार

897 

shares

स्पर्श सम्म पनि वर्जित गरिएका
निस्प्राण देहहरू
शवदाह गृहभित्र
वारिस भएर पनि
बेवारिस जस्तै
क्रममा खाँदिएका छन् ।

शवदाह गृहको परिसर
शून्य प्रायः छ
र,
आफन्तका आँसुले
भिजेको छैन पनि घाटको माटो ।

विरहले छ्टपटिएका
रोदन गुँजिएका छैनन्
न मलामीका चार काँध
न क्रियापुत्रका उदास मुहार ।

न कुनै आमाको क्रन्दन
न कुनै आधा आकाशको बेहोशी
न कुनै पुरुष आँसुको उपस्थिति
न कुनै छोराको उदिग्न मन
न कुनै छोरीको भावावेश चिच्याहट ।

न साथी न आफन्त
अन्तिम विदाईको यो क्षण
कस्तो गुमनाम विसर्जन
कस्तो एकान्त यात्रा
न कुनै टिलोको उपस्थिति
न बुर्कीको कुनै किस्ति
न अबिर न फूलमाला
न दुई गज मलमल ।

कस्तो तयारी यो महामारीको
महाप्रस्थान समाजको
बिना जलान्जली, बिना दागबत्ती
खरानी बनाइ रहेछ यो समयले
लासको पहाड ।

कल्पना नै सहि
एउटा दारुण चित्रको यो
तर बन्न सक्छ यहि समय
कुनैपनि समयमा
साक्षी सामुहिक अन्त्येष्टिको ।

वि.सं.२०७६ चैत २९ शनिवार ०८:५६ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...