back
CTIZAN AD

कविताः अस्तित्वबोध

वि.सं.२०७६ चैत २९ शनिवार

729 

shares

म भएर सबैथोक भएको होइन
सबैथोक भएर म भएको पनि होइन ।

म भएर पनि कसैलाई केही फरक नपर्न सक्छ
म नभएर पनि कसैलाई केही फरक नपर्न सक्छ
सबैथोक भएर पनि मलाई केही फरक नपर्न सक्छ
सबैथोक नभएर पनि मलाई केही फरक नपर्न सक्छ ।

पहिले म नहुदा पनि बाँकी सबैथोक जस्ताको तस्तै थियोे
अहिले म हुँदा पनि बाँकी सबैथोक जस्ताको तस्तै छ
सबैथोक हुँदापनि पहिले म थिइनँ
सबैथोक हुँदा पनि अहिले म छु
सबैथोक हुँदा पनि पछि म नहुन सक्छु
सबैथोक नहुँदा पनि पछि म हुन सक्छु ।

म सङ्ग अहिले केही पनि छैन
कहिले म सङ्ग सबैथोक हुन पनि सक्छ
कहिले म सङ्ग केही नहुन पनि सक्छ ।

सबैथोक सङ्ग म हुन पनि सक्छु
सबै थोक सङ्ग म नहुन पनि सक्छु
म सङ्ग सबैथोक हुन पनि सक्छ
म सङ्ग सबै थोक नहुनपनि सक्छ ।

सबै थोक भएर पनि मलाई केही फरक नपर्न सक्छ
सबै थोक नभएर पनि मलाई केही फरक नपर्न सक्छ ।

सबै थोक भएको सङ्ग म नभएको हुन सक्छु
म जो सङ्ग रहेको छु
उ सङ्ग म बाहेक बाँकी अरु केही पनि नभएको हुन सक्छ ।

बाँकी सब ैथोक भएर पनि यदि म भइन भने
अरु केही भए पनि र नभए पनि
फेरि कहिल्यै लेखिने छैनन्
लेखिन बाँकी कविताहरु
बाँकी सबै थोक नभएर पनि यदि म भए भने
बाँकी अरु केहि नभए पनि
सदैव लेखिने छन
लेखिन बाँकी सम्पूर्ण कविताहरु ।

वि.सं.२०७६ चैत २९ शनिवार ०८:५७ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...