back
CTIZAN AD

बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुग्यो, कुवेतका नेपालीलाई खाद्यान्न अभाव

वि.सं.२०७६ चैत ३० आइतवार

852 

shares

३० चैत, काठमाण्डौं । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ जना पुगेको छ । मन्मास्थित नेपाली दूतावासका अनुसार क्वारेन्टाइनमा राखिएका नेपालीको परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

राजदूत पदम सुन्दासले केही समय अगाडि सल्मावादस्थित एक क्याम्पमा एक जना विदेशी कामदारमा संक्रमण देखिए पश्चात त्यहाँ कार्यरत ४०० जनालाई क्वारेन्टाइनमा राखिएकामा १० नेपालीमा संक्रमण पुष्टि भएको बताए । यअसघि क्याम्पमा भएका ९ नोपलीको रिर्पोट पोजेटिभ आएको थियो । तीनजना भने अन्य क्याम्पमा बस्ने नेपाली थिए । राजदूत सुन्दासका अनुसार उनीहरुको स्वास्थ्य स्थिर छ ।
त्यसैगरी नेपाली सहित आप्रवासी कामदार रहेको कुवेतको जलिप अलसुययोक र माबुल्ला क्षेत्रमा अप्रिल ४ देखि २६ सम्म लकडाउनमा परेका नेपाली कामदारले खाद्यान्न किन्न समस्या पर्न थालेको बताएको आइतबारको कान्तिपुर दैनिकमा समाचार छ ।

पाँच वर्षदेखि सेफ रहेका संखुवासभाका खकुरा किरातलाई रोजगारदाताले निष्कासन गरिसकेको छ । ‘जब कोरोना भाइरस कुवेतमा देखा पर्यो हाम्रो रेष्टुरेण्ट बन्द भयो । आर्र्थिक अवस्था धरासायी भएको भन्दै कम्पनीले ३९ जनालाई टर्मिनेट गरिदियो । कामबिहीन भएको २५ दिन पुग्यो’ माबुल्लामा परिवारसहित बस्दै आएका उनले फोनमा बताए । ‘मार्च महिनाको तलब पनि प्राप्त भएको छैन । कम्पनीले चेक लिन आउ भन्छ चेक लिन कुवेत सिटी जानुपर्छ । म बसेको ठाउँ लकडाउन छ । दैनिक जीवन विताउनै गाह्रो परिसक्यो ।’

इटहरीका सोनाम राइको पनि त्यस्तै पीडा छ । कफि बनाउने कामका लागि कुवेत पुगेका उनले काम नगरेको डेढ महिना भइसकेको छ । उनीसहित तीन नेपाली साल्मिया भन्ने ठाउँमा कोठा लिएर बसेका छन् । कोठाभाडा १४७ दिनार ९झण्डै ४७ हजार रुपैयाँ० बुझाउनु पर्छ खानाको जोहो आफैले गर्नुपर्छ । ‘कम्पनीले एक महिनाको तलब त दियो । यसैले धानिरहेको छु । अहिलेसम्म कम्पनीले हेरिरहेको छ । सधैभरी यस्तै भइरह्यो भने कम्पनीले पालेर राख्न सक्तैन । तलब हालिदिएन भने बिजोग हुन्छ ।’ उनले भने, ‘बेलैमा कुरा गरिदिओस् भनेर दैनिक ७–८ पटक फोन गर्छु दूतावासमा । तर फोन उठ्दैन ।’

मबुल्ला र जिलिपमा बाक्लो बस्ति छ । अधिकांश कम्पनीले आफ्ना कामदारलाई यहि क्षेत्रमा राखेका छन् । कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार यो क्षेत्रमा बस्ने कामदार कोरोना भाइरस संक्रमणको जोखिममा परेपछि लकडाउन गरिएको छ । पछिल्ले समयमा स्वास्थ्य परीक्षणमा पोजिटिभ देखिएका केस यहि क्षेत्रमा कार्यरत नेपाली सहित आप्रवासी कामदार छन् । कुवेतमा बिहिबारमात्रै थप एक नेपालीसहित ५५ जनामा पोजेटिभ देखिएको थियो । कुवेतमा संक्रमित नेपालीको संख्या ४ पुगेको छ ।

वि.सं.२०७६ चैत ३० आइतवार ०९:१७ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...