back
CTIZAN AD

कोरोना अपडेट : अमेरिका बन्यो कोरोनाको इपिसेन्टर, संक्रमित र मृत्यु हुनेमा अमेरिका अगाडि

वि.सं.२०७६ चैत ३० आइतवार

834 

shares

३० चैत्र, काठमाडौँ । नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) को प्रभाव विश्वका प्राय सबै देशमा परेको छ । चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, स्पेन र अमेरीकालाई थला पार्दै यो विश्वका २१० देश पुगिसकेको छ ।

सन् २०२० अप्रिल १२ बिहान ९.२५ बजेसम्मको प्राप्त समाचार अनुसार संसारका १७ लाख ८० हजार ३ सय १५ मानिसमा कोरोना भाइरस सल्केको छ भने मृत्युको संख्या १०८,८२८ पुगेको छ । निको भएर घर फर्किएकाहरु संख्याको ४०४,०३१ छ भने उपचाररत बिरामीको संख्या १,२६७,४५६ रहेको छ । जसमध्ये १,२१६,८५४ को अवस्था मध्यम छ भने ५०,५९२ को स्थिति गम्भिर रहेको छ ।

वल्र्डोमीटरका अनुसार अहिले सबैभन्दा बढी प्रभावित हुनेमा अहिले अमेरिका देखिन्छ । शनिबारको तथ्याङ्कमा संक्रमित र मृत्यु हुनेमा अमेरिका अगाडि देखिएको छ ।

अमेरिकामा मात्रै प्रभावितको संख्या ५३२,८७९ पुगेको छ भने २०,५७७ को मृत्यु भएको छ । शुक्रबारको तुलनामा शनिबार मृत्यु दर घटेको हो । शनिबार १८३० को ज्यान गएको छ, जबकी शुक्रबार २०५६ जनाको ज्यान गएको थियो । शनिबारको तथ्याङकपछि अमेरिकाको संक्रमित र मृत्यु हुने देशमा पहिलो बनेको छ । अमेरिकाले बिहिबार मात्र स्पेनलाई उछिनेको थियो भने शनिबार इटालीलाई पनि जितेर पहिलो देश बनेको छ ।

यसरी हेर्दा मृत्युदरको हिसाबमा अमेरिका सबैभन्दा बढी प्रभावित देश बनेको छ । अघिल्लो हप्ता इटालीमा मृत्युदर लगातार घट्दो क्रममा रह्यो । शनिबार ५७४ जनाले ज्यान गुमाए । अहिलेसम्म १९ हजार ४६८ जनाले ज्यान गुमाएका छन् । इटालीमा प्रभावितको संख्या १ लाख ५२ हजार २ सय ७१ रहेको छ ।

कोरोना उत्पत्ति भएको देश चीनले आफ्नो देशमा प्रभावित हुनेको संख्या कमि आएको भन्दै कोरोना उत्पत्ति भएकै ठाउँ वुहानमासमेत लकडाउन खुल्ला गरेपनि त्यसपछिका दिनमा लगातार संक्रमितको संख्या बढ्दो देखिन्छ । बिहिबार ४२ जना संक्रमित थपिएकोमा शुक्रबार ४६ जना र शनिबार ९९ जना नयाँ बिरामी देखिएका छन् । प्रभावितको संख्या ८२०५२ रहेको छ । संक्रमित थपिए पनि शनिबार कसैको मृत्यु भएको देखिँदैन । चीनमा मृत्यु संख्या ३३३९ पुगेको छ ।

प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो, इटाली दोस्रो, स्पेन तेसो, फ्रान्स चौंथो, बेलायत पाचौँ, इरान छैठौं र चीन सातौँ क्षति व्यहोर्ने देशमा छन् ।

नेपालमा कोरोना भाइरस अपडेट :
नेपालमा शुक्रबारसम्म ४,४२६ जनाको परीक्षण भएकोमा जम्मा संक्रमितको संख्या ९ रहेको छ । चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो । ती पुरुष निको भएर घर फर्किएसकेका छन् भने हाल ८ जना उपचाररत छन् ।

चैत्र २३ गते कोरोना संक्रमित एक व्यक्तिबाट अर्काेमा सरेपछि नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको छ । दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाबाट उनको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।

कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण ९विदेशबाट फर्केर आएका० पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा पैmलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल एक युवतीको चैत्र १० गतेको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएपछि भोलिपल्ट अर्थात् चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको थियो । सरकारले ११ गते मंगलवार बिहान ६ बजेदेखि चैत १८ सम्म लागू हुनेगरी गरेको लकडाउन तेस्रो हप्तासम्म लम्बिएर आगामी वैशाख ३ गते सकिँदैछ । विश्वभर तथा छिमेकी देश भारतमा समेत संक्रमितको संख्या बढीरहेका कारण नेपालको लकडाउन बढ्ने सम्भावना देखिन्छ ।

यस्तो छ कोरोना भाइरसको अपडेट तथ्याङ्क

वि.सं.२०७६ चैत ३० आइतवार ०९:४२ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...