back
CTIZAN AD

नेपालमा थप ३ जनामा कोरोना पुष्टि !

वि.सं.२०७६ चैत ३० आइतवार

783 

shares

३० चैत, वीरगञ्ज । नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार भारतीय संचारमाध्यमले नेपालले कोरोना संक्रमित भारत पठाएको समाचार प्रकाशित गरिरहँदा आज भारतबाट आएका ३ भारतीय नागरिकमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

हेटौंडामा शुक्रबार गरिएको प्रारम्भिक परीक्षणमा कोभिड कोरोना पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि त्यसपछि पुनः जाँचका लागि काठमाडौँको राष्ट्रिय प्रयोगशालामा पठाइएको तीन भारतीय नागरिकको स्वाब नमुनामा कोरोना भेटिएको पुष्टि भएको हो ।

शुक्रबार दिउँसो २ बजे हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा ३५ जनाको कोरोना परीक्षण रिपोर्ट जारी गर्दा वीरगन्जको एक मस्जिदमा बसिरहेका तीन भारतीय मुस्लिम धर्म प्रचारकहरुमा कोरोनाको आशंका गरिएको थियो। लगत्तै उनीहरुलाई वीरगञ्जको छपकैयाँस्थित मस्जिदबाट नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसनमा सारिएको थियो।

संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् । यद्यपी उनीहरुले आफूहरु चार महिनादेखि नेपालमा रहेको अस्पतालमा बताएको बताइन्छ । स्थानीयका अनुसार उनीहरु सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका र लकडाउनका कारण नेपालमै रहँदै आएका छन् ।

यससँगै नेपालभित्र कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले आधिकारी रुपमा बेलुका ४ बजेमात्र जानकारी गराइने बताएको छ ।  विश्वभरको कोरोना भाइरसको अवस्थाबार जानकारी गराउने वोल्डोमिटरले समेत आफ्नो साइटमा नेपालमा १२ जना संक्रमित भएको तथ्य सार्वजनिक गरेको छ ।

 

वि.सं.२०७६ चैत ३० आइतवार १२:०४ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...