back
CTIZAN AD

शक्तिशाली देश वेलायतमा लकडाउनमा बस्दाका मेरा अनुभव

वि.सं.२०७६ चैत ३० आइतवार

774 

shares

आज कोरोना (कोविड १९) को लकडाउनलाई संयमित भइ घर बस्न लागेको पनि ४ हफ्ता बितिसकेछ । यस अवधीमा थुप्रै उतारचढावहरु देख्ने अवशर प्राप्त भयो । पहिले पहिले मलाई लाग्थ्यो कि म त विश्वको सबैभन्दा सम्पन्नशाली देश बेलायतमा छु । त्यसैले म निडर अनि निर्धक्क भएर आफ्नो दिनचर्या अघि बढाइरहेको अवस्था थियो ।

हुन पनि किन नहुनु, नेपालदेखि भारत लगायत विश्वका ७ वटा देशमा मैले आफ्नो कार्यकौशलता उच्च मनोवलका साथ सफल प्रदर्शन गर्न् अवसर पाएको थिए । बाल्यकालदेखि समाजिक सेवा र समाजको सहि रुपान्तरण हुनुपर्छ भन्ने धारणा साथ अघि बढ्दै गर्दा र आफ्नो दिनचर्याबाट बचेको समय सामाजिक कार्यमा समर्पण गर्दै गर्दा मलाई विभिन्न बिचार र आस्था राख्ने साथीहरूको सहयोग र सद्भाव बटुल्ने अनुभव पनि भयो ।

धन्य छौ भगवान् प्रकृतिको संरक्षक तिमी, मैले आफ्नो जिन्दगीमा चाहेका र अनुभुती गर्न खोजेका हरेक पहलमा एकपछि एक गर्दै सफलता दियौ । मैले आफ्नो बल, बुद्धि विवेक र क्षमताले भ्याएसम्म जति गर्न सके त्यसैमा म आफूलाइ गौरवान्वित महसुस समेत गरेको छु ।
जिन्दगीको गोरेटो पछ्याउँदै जाने क्रममा सन् २००४ तिर म युकेमा आउन सफल भए । हुन त मेरो भित्री मनको चाहना नेपालमै बसेर ब्यवसाय गर्ने थियो तर नेपालको राजनैतिक परिवेश र ब्यवसाय गर्ने दाजुभाइहरुको परामर्श र सल्लाहले मलाइ यता हुत्याएको थियो ।

विश्वको शक्तिशाली र प्रजातान्त्रिक मूल्य र मान्यताको जननी बेलायतमा आएर आफ्नो शन्ततिलाइ उच्चशिक्षा गराउने मेरो सपना साकार हुने एकातिर सम्भावना बोकेको भविष्य र आफ्नो देशमा बसि आफ्नै देशको छत्रछायामा रमाउने मेरो मनको चाहना दुबैको कुस्ती यस मानसपटलमा नबजेको होईन तर पनि धेरै जिम्मेवारीको बिचमा मैले आफ्नो चाहनालाई उज्ज्वल भविस्यको खाडलमा आहुती दिएकै हो । जे होस्, विगतका १४ (चौध) बर्ष बेलायतमा ब्यक्तिगत तथा सामाजिक उतारचढावका साथ बिते । सम्पूर्ण सहयोगी मित्रहरू, सामाजिक अभियानका सहकर्मी साथीहरू, ब्यवसायी, बुद्धिजीवी तथा स्वदेशी विदेशी सहयोगीहरुमा मेरो हार्दिक अभिवादन अनि नमस्कार पनि ।
हिजोका दिनहरु सम्झी ल्याउँदा कति उतारचढाव आए गनेर साध्य छैन । हराभरा खेतीयोग्य जमिन जसका कारण बषभरी खान पुग्थ्यो । ती आज उजाड भएका छन् । लाखौ लाख खर्च गरेर बनाइएका ती छ सुरे घरहरु खण्डहरमा परिणत भएका छन् । छोरो ठूलो होला र मलाइ स्याहार सुसार गर्ला भन्ने सपना बोकेका ती आमाबुवाहरुका सपनाहरु यतिबेला चकनाचुर भएका छन् । अनि वहाँहरुलाई ओखती मुलो गर्ने कोहि पनि ती गाउँहरुमा छैनन् ।

हिजो क–क न–न सिकेर विश्व हाक्न सक्ने बनाएका ती स्कुलहरुले मर्मत सम्हार पाएका छैनन् । कमाउने होडबाजीमा हिडेका हामीहरु दुई ढुङ्गा बिचको तरुल जस्तो न त विदेशी हुन सकेका छौ न त नेपाली नै । जस्को उज्ज्वल भविस्यको सपना बोकेर हामी यहाँ आयौ ती नाबालक बच्चाहरु पनि यतिबेला दोधारमा छन् म नेपाली हुँ या विदेशी ? भन्ने सोचले । तर, हामीसँग यसको पनि उत्तर छैन ।
गाउँघर छोड्यौ, इस्टमित्र छोड्यौ, दाजुभाइ दिदिबहिनी छोड्यौ, देश छोड्यौ, आफ्नो सभ्यता, धर्म अनि आफूलाइ जन्माउने आमाबुवालाई छोड्यौ के का लागि ? धन सम्पत्तीको लागि वा अरु कुनै ??

बिहान उठेर नुहाउनु पर्छ । सूर्यलाई अर्घ दिएर खानु पर्छ । खाना भन्दा पहिला हात धुनपर्छ र अग्निलाई चढाएर खानुपर्छ भन्ने हाम्रो पुर्खाले दिएको जीवन पद्धतिलाई तिलान्जली दिएर प्रदेशीको सिको गर्न निस्केका हामी आज कुन संघारमा आइपुगेका छौ भनेर हिसाब गर्ने बेला आएन र ?

नाकावन्दी भयो हामिले सजिलै भुल्यौ । भुकम्प आयो हामिले सजिलै भुल्यौ । भगवानले पनि ३ पटक माफ गर्नुहुन्छ र यो कोरोना र तेस्रो चेतावनी हो जस्तो लाग्छ अब त जागौ अनि केही गरौ । यति समृद्धशाली देशमा आएर स्थायित्व गर्ने हामी आफ्नै घर परिवारको साथमा मृत्युको भयले त्रसित छौ भने ती अस्ताउन लागेका जुन जस्ता आमा बुवाहरुको के हालत होला ? हामी जति हाम्रो र हाम्रो सन्ततीको लागि चिन्तित छौ त्यहाँ भन्दा कैयन् गुणा बढी ती बयोबृद्ध आमा बुवाहरु चिन्तित हुनुहुन्छ हाम्रा लागि ।

बिहान उठ्यो समाचार हेर्यो यति बिरामी, यति श्रद्धाञ्जली मात्रै सुनिन्छ । यसरी विश्व त्रसित भएको बेला पनि आफ्नो ज्यानको बाजि लगाएर पैसाको लागि मौका छोप्ने तथा सरकारले बिपत्तिमा परेकालाई सहयोग गर्न दिएको नगद जिन्सीहरु कुम्ल्याउनेहरुलाई देख्दा दया लाग्छ मानौ तिनीहरुले मर्न पर्दैन, अजम्बरी छन् ।

शक्तिशाली देशले कमजोर देशलाई हेप्ने अनि धन कमाएकाले गरीवलाई हेप्ने प्रवृति बढीरहेको बेला कोरोना महामारी एक सन्देश बनेर आएको छ, बिना हात हतियार विश्वलाई चुनौती दिएको छ । हामीले अरुलाई सत्तोसराप गर्छौ, अर्काले यो गरेन, उ गरेन भनेर गाली गर्छौ अब अर्कोलाई गाली गर्ने होईन मैले वा हामिले के गर्यौ भनी हिसाब गर्ने समय आएको छ जस्तो लाग्छ होईन त ?
कोरोना शुरु हुँदा अर्को देशलाई गाली नगरी अमेरिका र बेलायत जस्ता देशहरु सतर्क भएको भए सायद यति धेरै ज्यान जाने थिएन होला । (भनिन्छ नि मर्नु भन्दा बहुलाउनु निको) यहि अर्थमा त यी विकशित देशभन्दा नेपालकै शासकहरुले जान अन्जानमा सहि निर्णय लिए जस्तो लाग्छ ।

जे होस्, अहिलेको यस जटिल परिस्थितिमा घर मै बसौ, सक्छौ समस्यामा परेका असहायहरुलाई तन, मन वचन र कर्मले सहयोग गरौ । सक्दैनौ असहयोग नगरौ ।  सरकारले सबैलाई सुरक्षित रहन उचित मार्गदर्शन गरेकै छ, उच्च निकायहरुले आफ्नो पदीय जिम्मेवारीलाई निभाएकै छन् । डाक्टर र नर्सहरुले आफूलाइ उच्च जोखिममा राख्दै सेवा दिएकै छन् । फेरि पनि हामी गाली गलौज र आरोप प्रत्यारोपमा ब्यस्त छौ किन ? कस्का लागि ? के हामी अजम्वरी छौ ? के हाम्रो केही दायित्व छैन ?

यो एक वायु परिवर्तन हुँदा लाग्ने बिरामी हो, यस्ले विश्वमा धेरैको ज्यान लिइसकेको छ, हुनसक्छ हजुरहरुको र मेरो सानो सुझाव, सल्लाह र सहयोगले कसैको ज्यान बाच्न सक्छ, पुनर्जीवन पाउन सक्छ, त्यसैले खुशी रहौ र खुशी रहन आफ्नो निकट रहेका सबैलाई सान्त्वना दिउ ।।

वि.सं.२०७६ चैत ३० आइतवार १२:१७ मा प्रकाशित

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

संसारमै चक्मा दिने गरी जनयुद्ध (बिचारले उठेको शसस्त्र संघर्ष) को...