back
CTIZAN AD

भारतमा कोरोनाको कहरः साहिनवागका नेपालीको लागि राहतकार्यमा जुटे नेपाली अगुवाहरु

वि.सं.२०७६ चैत ३० आइतवार

1.1K 

shares

३० चैत, दिल्ली । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भारत सरकारले लकडाउन गरेसँगै भारतभरी रहेका नेपाली नागरिकहरु आर्थिक संकटमा परेका छन् ।

आर्थिकरुपमा कमजोर अबस्था भएकाहरुकाको यतिबेला बिहान साझ चुलो बाल्न पनि मुश्किल भएको अबस्था छ । दिल्ली ओखला साइनबाग एरियामा बस्ने झन्डै एक हजार नेपाली परिवारको अबस्था यतिबेला दयनीय छ ।

साहिनवागमा एनआरसी लगायत मुद्दाको आन्दोलनपछि त्यहाँ नोकरी गर्ने नेपाली समुदायलाई मालिकहरूले काम गरेको पैसा समेत दिएका छैनन् । तीन–चार महिनादेखी अहिलेसम्म बंदी जीवन बिताउन परेको अबस्था छ ।

यी समस्यालाई लिएर सरकार, नेपाली दूतावास, संघसंस्था बुद्धिजीवी लगायतसँग पटक–पटक छलफल गरिए पनि त्यहाँको समस्या हल हुन सकेको छैन । हजारौ नेपाली समुदायहरूको अवस्था साइन बाग आन्दोलन तथा कोरोना भाइरसपछि झन दयनीय बनेको छ ।
निजामुद्दीन घटनासँगै साइन बाग एरियामा नेपाली समुदायले काम गर्ने केहि मालिकका परिवार, काम गर्ने घर वरिपरि कोरिना भाइरसको संक्रमणको डरसँगै झनै चिन्ताजक अबस्था आइपरेको छ ।

त्यहाँ बस्ने नेपालीहरू नेपाल जान सक्ने अबस्था नभएको र आफू बस्ने एरिया पनि सुरक्षित नभएकोले उनीहरु पीडामा परेका हुन् । किनकी, कोरोना संक्रमण भएको क्षेत्र घरको नजिक नै छ । यहाँ बस्ने नेपाली नागरिकहरूको समस्या खान बस्न, स्वास्थ परिक्षणको मात्र होइन अहिलेको समस्या भनेको कोरिनाविरुद्ध कसरी लड्ने तथा पाँच महीना काम गरेको पैसा मालिकबाट कसरी निकाल्ने भन्ने चिन्तामा छन् । साथै अब साझ बिहान कसरी गाँस जोड़ने र नेपाल कसरी जान सकिन्छ भन्ने नै मुख्य समस्या छ उनीहरुमा ।

शनिबार अखिल भारत नेपाली एकता मंचका युवा नेता आरबी खड्काको नेतृत्वमा बिशेष सहयोगी दाताहरू अलइंडिया यूनियन टैक्सी एसोसिएशन भारतका अध्यक्ष संजय सम्राट लगायत उनको एसोसिएशन परिवार, सूपा देउराली टूर एण्ड ट्राभल्स नईदिल्लीका तुलाराम शर्मा शोभाखर पन्थी, कृष्णा पौडेल, पर्बत समाज अंतरराष्ट्रिय सल्लाहकार दुबईका गोपी चन्द भुसाल, शिबपूरी धाम प्रवासी समूह कोषाध्यक्ष भारत नई दिल्ली, छबि लाल भट्टराई, देवी प्रसाद काफले सोनीपत, अखिल भारत नेपाली एकता मंचका नेता मानु श्रेष्ठ, अर्जुन दयाल, सङ्कर शर्मा, दिपक परियार, ऋतु लिम्बु, तूल बहादुर परिवार अटल, भरत परिवार लगायत सबैको सहयोगमा दिल्लीको ओखला साइन बाग जाकिर नगर जामिया, न्यू फ्रेंडस कोलनी गोविन्दपूरी एरियामा झन्डै नेपाली नागरिक गरीब मुस्लिम परिवार सहित ६४३ घर परिवारमा घर–घर पुगी खाना राहत समानहरू उपलब्ध गराइएको थियो ।

उक्त एरियामा ओखला साइन बागमा केहि स्थानमा सुरक्षा ब्यबस्था कडा भएकोले केहि स्थानमा पुग्न सक्ने अबस्था नरहेको बताइएको छ । उक्त एरियामा नेपाल अछाम ,बाजूरा, बझांग, कैलाली, डडेल्धुरा,बैतड़ी, तनहुँ, चितवनलगायतका नागरिकको बसोबास रहेको छ ।

वि.सं.२०७६ चैत ३० आइतवार १३:४७ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...