back
CTIZAN AD

लकडाउनका बेला विरामी वा समस्यामा पर्नु भयो ? फोन गर्नुहोस् नविनालाई

वि.सं.२०७६ चैत ३० आइतवार

753 

shares

३० चैत, काठमाण्डौं । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि देशमा २० दिनदेखि लकडाउन चलिरहेको छ । यतिबेला कोही विरामी वा समस्यामा परेको अवस्थामा तत्काल भेइिकल सुविधा पाउन गाह्रो हुन्छ । तर, यस्तो अवस्थामा समाजसेवी नविना खड्कालाई फोन गरेर सेवा लिन सक्नहुुन्छ ।

बालुवाटारको किर्तन चोकमा घर भइ २०५२-०५३ तिर काठमाण्डौं क्याम्पसमा अनेरास्वीयुको विद्यार्थी नेता रहेर राजनीतिमा समेत सक्रिय भएकी नविना खड्काले यतिबेला व्यसायी तथा ट्याक्सी चालक पेशा अंगालेकी छन् । महिलाहरु आफ्नो खुट्टामा उभिन सक्षम भए अथवा आर्थिक रुपमा सशक्त हुन सकेमा मात्र समग्र महिलाहरु अनि देशको आर्थिक समृद्दि हुन सक्छ भन्ने सोच बोकेकी नविना यतिबेला लकडाउनको समस्यामा परेकालाई सेवा दिन व्यस्त छन् ।

उनले यस्तो विपदमा परेका बेला जहाँ जस्तो अवस्थामा रहेपनि आफूले सकेको सहयोग गर्ने बानी अनि मन नेपालीमा भएकोले यस्तो अवस्थामा आफू चुप लागेर बस्न नसकेको उनी बताउँछिन् । ‘मैले सकेको सेवा गर्ने हो । यतिबेला मसँग ट्याक्सी छ । कसैलाई आपद परेको छ वा अस्पताल पुर्याउनु छ भने सम्झन सक्नुहुन्छ ।’ उनले संसारन्युजसँग भनिन् ।

तपाईले दिने सेवा निशुल्क हो कि, शसुल्क भनेर संसारन्युजद्धारा सोधिएको प्रश्नमा ‘मेरो व्यवसायीक सेवा हो । तर, समस्यामा परेका र विपन्न अवस्था भएकाको अवस्था हेरेर निःशुल्क सहयोग गर्ने गरेकी छु ।’ कोही विरामी परि हाल्यो भने, एम्बुलेन्स बोलाउँदा तत्काल नआउने र विरामीको ज्यानै जाने अवस्था आउने हुनाले त्यस्तो अवस्थामा म जाने गरेकी छु ।’

विभिन्न ठाउमा पुगेर विपन्नहरुका लागि राहत समेत वितरण गर्दै आएकी नविनाले आफ्नो फोन नम्बर सार्वजनिक गर्दै समस्या परेमा ९८४१५५२८५८ मा सम्पर्क गर्न समेत अनुरोध गरेकी छन् ।

उनले अहिले क्यान्सरका विरामी, किड्नीको समस्या भएका, सुत्केरी लगायतका समस्या भएका विरामीलाई अस्पताल लैजाने र ल्याउने गरेकी छन् । यस्ता विरामीहरु दिनमा १० जनभन्दा बढी बोक्ने गरेको बताउँछिन् ।

वि.सं.२०७६ चैत ३० आइतवार १२:५४ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...