back
CTIZAN AD

नेपालको आर्थिक बृद्धि १.५ प्रतिशतमा सिमित हुन्छ: विश्व वैंक

वि.सं.२०७६ चैत ३० आइतवार

1.1K 

shares

३० चैत्र काठमाडौं । चालु बर्षमा नेपालको आर्थिक बृद्धि १.५ देखि २.८ प्रतिशतमा झर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

विश्वव्यापि माहामारीको रुपमा तिब्र गतिले फैलिरहेको कोरोना भाइरसका कारण यो अबस्था आउन लागेको विश्व वैकले जनाएको छ ।

यस अघि एसियाली बिकास बैक(एडिबि)ले नेपालको आर्थिक बृद्धिदर ४.३ देखि ५.३ प्रतिशतमा सिमित हुने आंकलन गरेको थियो ।

“कोरोना भाईरसको माहामारीको असरले समग्र दक्षिण एसिया नै नराम्ररि प्रभावित हुने देखाएको छ । उसका अनुसार यो जटिल अबस्था ४० वर्ष यता कै खराब हो ।

आईतबार सार्बजनिक भएको बिश्व बैंक र केहिसमय अगाडी सार्बजनिक भएको एसियाली बिकास बैंकको आंकलनमा भने ठूलो अन्तर देखिएको छ । यी दुबै अन्तराष्ट्रिय दातृ निकाय हुन ।

विश्व बैंकले सार्बजनिक गरेको प्रक्षेपण अनुसार कोरोना भाईरसको माहामारीको असरले समग्र दक्षिण एसिया नै नराम्ररि प्रभावित हुने देखाएको छ । उसका अनुसार यो जटिल अबस्था ४० वर्ष यता कै खराब हो । यो आंकडा गत मंगलबारसम्मको यो क्षेत्रका देशहरुको तथ्याङ्कलाई आधार मानेर प्रक्षेपण गरिएको उसको भनाई छ ।

चालु बर्षमा दक्षिण एसियाको बृद्धिदर समग्रमा १.८ देखि २.८ प्रतिशतको बिचमा रहने पनि उसको आँकलन छ । यो बृद्धि दर ६ महिना अघि उसले प्रक्षेपण गरेको ६.३ प्रतिशत भन्दा निकै कम हो ।

त्यस्तै आगामी बर्ष सन २०२१ मा हुने आर्थिकबृद्धिको आंकलनमा पनि निकै ठूलो परिवर्तन हुने उको आँकलन छ । आगामी बर्ष ६.७ प्रतिशत आकलन गरेको बृद्धिदर ३.१ देखि ४.० का बिच हुने अनुमा पनि उसले गरेको छ ।

आर्थिक बृद्धिमा हुने ह्रास पनि यो क्षेत्रका ८ वटै देशमा समान प्रकृतिले देखिने छ । यो माहामारीबाट पार पाउनका लागि यस क्षेत्र सबै देशको संयुक्त पयासको खांचो रहने पनि विश्व बैंकले औंल्याएको छ ।

यो अहिलेको संकट पछि यसक्षेत्रमा गरिबिको खाडल अझ बढ्ने तफ संकेत गर्दै माहामारी पछाडी देखिने गरिबि तर्फ उचित ध्यान दिन पनि उसको जोड रहेको छ ।

कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा ५० खर्ब डलर बराबरको क्षति पुग्नसक्ने अर्थशास्त्रीहरुको आँकलन

 

वि.सं.२०७६ चैत ३० आइतवार १५:४६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...