back
CTIZAN AD

कुवेतमा कोरोना भाइरस संक्रमित नेपालीको संख्या एघार पुग्यो

वि.सं.२०७६ चैत ३० आइतवार

738 

shares

३० चैत, कुवेत । कुवेतमा कोरोना संक्रमण पृष्टि भएका नेपालीको संख्या ११ पुगेको छ ।

नेपाली दूतावासले आइतबार उक्त कुराको जानकारी दिँदै कुवेतमा रहेका नेपालीहरुलाई थप सावधानी अपनाउन अनुरोध गरेको छ ।

कुवेतमा हालसम्म ११ नेपालीसहित १२ सय ३४ जनामा कोरोना संक्रमण भएको तथ्या सार्वजनिक भएको जनाउँदै संक्रमितको संख्यामा दिनानुदिन हुँदै गएको बृद्दि तथा नेपालीहरुमा संक्रमणको संभावित जोखिमलाई ध्यानमा राखी आगामी दिनमा यो रोग फैलिन नदिन र यसको प्रभाव न्यूनीकरणका लागि सबैले थप सजगता र सावधानी अपनाउन जरुरी देखिएको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।
दूतावासले संक्रमित नेपालीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै भनेको छ

‘नोभेल कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा बढेसँगै कुवेतमा पनि हालसम्म एघार जना नेपाली सहित १२३४ जना यो रोगबाट संक्रमित भएको तथ्य सार्वजनिक भइसकेको छ । संक्रमितको संख्यामा दिनानुदिन हुँदै गएको बृद्दि तथा नेपालीहरुमा संक्रमणको संभावित जोखिमलाई ध्यानमा राखी आगामी दिनमा यो रोग फैलिन नदिन र यसको प्रभाव न्यूनीकरणका लागि हामी सबैले थप सजगता र सावधानी अपनाउन जरुरी देखिएकोले यो सुचना प्रकाशित गरिएको छ । यस घडिमा नेपाली राजदूतावास कुवेत नेपाली नागरिक सहित यो रोगबाट संक्रमित सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

विश्व स्वास्थ्य संगठनको कोरोना भाइरस बिरुद्द लड्न आवश्यक स्वास्थ्य सम्बन्धी मापदण्ड, नेपाल तथा कुवेत सरकारका सम्बन्धित निकायहरूले स्वास्थ्य, सरसफाई लगायत सावधानी र सतर्कताका लागि जारी गरेका यस सम्बन्धी आधिकारिक सूचना, निर्देशनको सम्मान र पालना गर्दै सामाजिक दूरी कायम गर्ने, घरबाट अत्यावश्यक अवस्था बाहेक बाहिर ननिस्कने, शारीरिक स्पर्श नहुने गरी अभिवादन गर्ने, साबुन पानीले पटक पटक हात धुने वा Hand sanitizers ले नियमित रूपमा हात सफा गर्ने, खोक्दा वा हाच्छ्यू गर्दा रूमालले मुख छोप्ने, पशुजन्य मासु तथा अण्डा राम्रोसँग पकाएर खाने, सागपात, फलफूत राम्रोसँग धोएर मात्र खाने, जंगली तथा घरपालुवा पशुपंक्षीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने, आफू बिरामी परेको बेलामा घरमा छुट्टै कोठामा बस्ने तथा ज्वरो, रूघा, खोकी वा श्वासप्रश्वासमा समस्या देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, जस्ता उपायहरू अवलम्बन गर्न सबै नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा नेपाली राजदूतावास, कुवेत पुनः अनुरोध गर्दछ ।

यस अतिरिक्त कोरोना भाइरसको संभावित संक्रमणबाट बच्न शरीरमा प्रतिरोधात्मक क्षमता बढाउन खानपान तथा सरसफाइमा बिचार पुर्याउन ,धुम्रपान तथा मध्यपान नगर्न तथा आधारहिन ह्ल्लाको पछि नलाग्न समेत यो दूतावास सबैमा अनुरोध गर्दछ । लकडाउन तथा कर्फ्यू लागेका बेला लामो समय घर भित्र रहँदा आफूलाई स्फूर्त राख्न व्यायाम तथा योगा गर्ने, गीत, संगीत, साहित्य सिर्जना जस्ता रचनात्मक कार्यहरूलाई समय दिएमा एकान्तवासबाट उत्पन्न हुनसक्ने नैराश्यता, अल्छिपन, तनाव र चिन्ताबाट मुक्ति मिल्नुका साथै समय बिताउन सजिलो हुने भएकोले यसतर्फ ध्यान पुर्याउन समेत सबैमा हार्दिक अनुरोध गर्दछ ।

त्यसैले, कोरोना भाइरसको महामारीबाट आफू बच्न र अरुलाई बचाउन हामी सबै एकतावद्ध भर्इ, मित्रवत तथा सहयोगपूर्ण व्यवहारलार्इ निरन्तरता दिन, सावधानीका उपायहरुलाई अनुशासित रुपमा अवलम्बन गर्न, थप सतर्कता र सजगता अपनाउन एवं उच्च मनोवलका साथ आफू जहाँ हुनुहुन्छ त्यही ठाउँमा सुरक्षित रहन नेपाली राजदूतावास कुवेत यहाँ रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा पुनः हार्दिक अनुरोध गर्दछ । नेपाली राजदूतावास कुवेत सदैव तपाईको साथमा छ ।

अत्यावश्यक अवस्थामा दूतावासका निम्न बमोजिम टेलिफोन तथा हटलाइनमा सम्पर्क गरी आफ्ना जिज्ञासा, समस्या र अन्य आवश्यक विषयबारे जानकारी लिन सकिनेछ ।’
——————————————————————————-
टेलिफोन नम्बरः (००९६५) २५३२१६०३, २५३२१६०४, २५३२१६०५
हटलाइन नम्बरः ९८८६९१२१
इमेलः eonkuwait@mofa.gov.np
——————————————————————————-
नेपाली राजदूतावास, कुवेत
मितिः २०७६।१२।३०

वि.सं.२०७६ चैत ३० आइतवार १७:०३ मा प्रकाशित

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...