३० चैत, बेलायत । प्रवासी नेपाली एकता मंच बेलायतले कोरोनाबाट प्रभावितहरुलाई सहयोग गर्नका लागि क्षेत्रगत कमिटी गठन गरेको छ ।
मन्चले अत्यावश्यक एबं आकस्मिक सहयोगका लागि जुट्नु पर्ने यो बिषम परिस्थितिमा आ–आफ्नो भौगोलिक निकटतामा रहेका नेपाली समुदायमा सहयोगका लागि जुट्न पनि अनुरोध गरेको छ ।
उक्त क्षेत्रीय टिममा मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनी-युके, सचिव सुरेस गौतम-लण्डन र बर्नटओक, कृष्ण तिवारी-वाटफोर्ट, दासु पाण्डे– साउथ इस्ट लन्डन, कृष्ण भण्डारी-वेल्र्स, जोनी पहारी-स्कटल्यान्ड, धनबहादुर क्षेत्री– केन्ट, हेम लिम्बू -इस्ट लन्डन, शेरसिंह ठकुरी– हेज, ठाकुर शर्मा -नर्थ होल्ट-ग्रीनफोर्ड, कुमार केसी– रिडिङ, सुशीला राई -अल्डरसट, मान गुरुङ– रिडिङ, नरेन्द्र कँडेल-चाल्टन, नारद भण्डारी– रिडिङ, मीनु शाक्य श्रेष्ठ-स्लाउ, कपिल श्रेष्ठ-काउले, फुलप्रसाद कँडेल-साउथइस्ट र अरुन थापा-साउथ इस्ट लन्डन तोकिएको छ ।
नेकपाले गर्यो विदेशस्थित भातृसंगठनका अध्यक्षहरुसँग अनलाइन बैठक
त्यसैगरी मन्चले कोरोना संक्रमणका कारण बेलायतमा ज्यान गुमाउने सम्पूर्णमा श्रद्धान्जलि व्यक्त गर्दै संक्रमित अन्य व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । ‘साथै आफ्नो स्वास्थ्यको समेत खतरा मोल्दै रात दिन नभनी निरन्तर सेवामा खटनु हुने स्वास्थ्यकर्मीहरू अत्यन्त सराहनीय पात्रहरूप्रति सम्मान प्रकट गर्दै हार्दिक आभार प्रकट गर्दछौ ।’ मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनी र सचिव सुरेश गौतमले जारी विज्ञप्तिमा भनिएको छ ।
यसरी खट्दै छ कोरोना विरुद्ध प्रवासी नेपाली मंच अमेरिका, कहाँ कसलाई सम्पर्क गर्ने ?
वि.सं.२०७६ चैत ३० आइतवार १९:१३ मा प्रकाशित




























