३० चैत, कतार । नेपाली दूतावास कतारले कतारमा कार्यरत नेपालीले कुनै पनि समस्या परेमा दूतावास तथा दूतावासका कर्मचारीको नम्बरमा सम्पर्क गर्न पुनः अनुरोध गरेको छ ।
दूतावासले उपलब्ध गराएको ४ जना अधिकृतको नम्बरमा कतिपय नेपाली दाजुभाइ दिदी बहिनीले फोन गर्ने, म्यासेज पठाउने, फेसबुक इनबक्समा म्यासेज छोडेर आफू समस्यामा परेको र उद्धार गर्न भनेर लेखिएपनि आफ्नो पूरा विवरण नदिएको भन्दै दूतावासले पूर्ण जानकारी दिन समेत अनुरोध गरेको छ ।
‘कृपया समस्या पठाउँदा आफ्नो नाम, सम्पर्क नम्वर, कार्यरत कम्पनीको नाम, कम्पनीको जिम्मेवार व्यक्तिको टेलिफोन नम्वर र नेपालबाट काममा पठाउने बैदेशिक रोजगार कम्पनीको नाम र सम्पर्क गर्न सकिने व्यक्तिको नाम र फोन नम्बरसमेत उपलब्ध गरईदिनु हुन पुनः अनुरोध गरिएको छ ।’ दूतावासद्धारा जारी गरिएको सूचनामा भनिएको छ, ‘तपाईहरुको जानकारीका लागि राजदूतावासको सम्पर्क नम्बर र सम्बन्धित अधिकृतको सम्पर्क नम्बर निम्नबमोजिम रहेको व्यहोरा पुनः अनुरोध छ ।’
कतारको स्वास्थ्य मन्त्रालयका अनुसार कतारमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ९७९ (पछिल्लो २४ घण्टामा २५१ जना संक्रमित) भएका छन् भने मृत्यु हुनेको संख्या ७ पुगेको पनि दूतावासद्धारा जारी सूचनामा बताइएको छ ।
त्यस्तै उपचार गराइरहेका २ हजार ६९७ जना, निको भएर फर्कनेको संख्या २७५ जना र हालसम्म ४९ हजार १०२ जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ ।
राजदूतावासको फोन नम्बर: 44675681/44675683/44171962
इमेल: eondoha@mofa.gov.np वा nembdoha@gmail.com
१.राहदानी/ Travel Document र व्यक्तिगत माग प्रमाणीकरण:
श्री ऋचा भट्टराई, द्वितीय सचिव, फोन: 66316985
Email: bhattarai.richa@gmail.com
२. मृतक सम्बन्धी सेवा (कन्सुलर सेवा, भिसा, कागजात प्रमाणीकरण,
अधिकृत वारेशनामा):
श्री भुवनप्रसाद भट्ट द्वितीय सचिव, फोन फोन: 66742064
Email: bhuwanb11@gmail.com
३. श्रम मामिला (समुहगत माग प्रमाणीकरण तथा श्रम समस्या):
श्री अनुज गौतम, श्रम सहचारी, फोन: 55911972
Email: anuzgautam@gmail.com
४. नेपाली समुदायको सरोकारको विषय:
श्री प्रवीण भट्टराई, द्वितीय सचिव, फोन: 6695072
Email: prabin1303@gmail.com
नेपाली राजदूतावास
दोहा कतार ।
2076/12/30 (12 April 2020)
वि.सं.२०७६ चैत ३० आइतवार १८:३० मा प्रकाशित






























