back
CTIZAN AD

शुभकामना नयाँ वर्षको

वि.सं.२०७६ चैत ३० आइतवार

1.7K 

shares

होऊन् पूर्ण सबै अभीष्ट जनका सौन्दर्यका साधना
होऊन् चूर्ण र जीर्ण तुच्छ मनका दौर्बल्यका भावना
बोली मिष्ठ र नम्र ती वदनमा ऊर्जा पुगोस् गोठमा
टक्र्याएँ शुभकामना हजुरमा छाऊन् खुसी ओठमा
(१)
उर्लोस् कान्ति बढेर सूर्य सरि नै ती गेह हुन् उज्ज्वल
फैलोस् शान्ति चढेर चन्द्र सरि नै ती देह हुन् शीतल
माया नै त फुलून् फलून् सकलका मुस्कानका बोटमा
टक्र्याएँ शुभकामना हजुरमा छाऊन् खुसी ओठमा
(२)
जागोस् जाँगर जोस होस तनमा सङ्कष्ट टाढा हुँदै
छाओस् कीर्ति र मान सान भवमा सन्तुष्टि गाढा छुँदै
आशा पुञ्ज निकुञ्ज वागभरिमा खाटा बसून् चोटमा
टक्र्याएँ शुभकामना हजुरमा छाऊन् खुसी ओठमा
(३)
होस् दीर्घायु सुस्वास्थ्य स्वच्छ हरमा सन्मार्ग रेखाङ्कन
आम्दानी श्रमको बढोस् श्रमिकको आस्था उठी दिन्दिन
दानी भाव फुरोस् अशक्त जनमा भोगी नभै नोटमा
टक्र्याएँ शुभकामना हजुरमा छाऊन् खुसी ओठमा
(४)
आँधी रोग र शोक दुःख नबिझून् सादा बनोस् जीवन
बाँडी इष्ट र मित्र बन्धु समता सेवा रहोस् चिन्तन
श्रद्धासिक्त रहून् पिता र जननी मेवा मिलोस् भोकमा
टक्र्याएँ शुभकामना हजुरमा छाऊन् खुसी ओठमा
(५)
आयो वर्ष नयाँ तथापि घरमा त्यो रोग सल्किन्छ कि
बाँचौँ स्वस्थ भएर आज नडरी यो लोक पल्किन्छ कि
चिन्तामा नबसौँ लडौँ न नफुटी हौँ एकता जोडमा
टक्र्याएँ शुभकामना हजुरमा छाऊन् खुसी ओठमा
(६)
२०७६/१२/३०

वि.सं.२०७६ चैत ३० आइतवार १७:५८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...