back
CTIZAN AD

क्वारेन्टाइनमा बस्नेलाई दैनिक ५ सय र स्वाथ्यकर्मीका लागि दैनिक २२ सय खर्च गर्ने गण्डकी प्रदेशको निर्णय

वि.सं.२०७७ वैशाख २ मंगलवार

768 

shares

२ बैशाख, पोखरा । कोरोना भाइरसको आशंका र रोकथामका लागि क्वारेन्टाइनमा बस्ने प्रत्येक व्यक्तिलाई गण्डकी प्रदेश सरकारले दिनको ५ सय १० रुपैयाँ खर्च गर्ने भएको छ ।

प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको जानकारी सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले दिए । ‘ बस्ने ठाउँको व्यवस्था स्थानीय तहले पनि गरेको छ, प्रदेश सरकारले पनि गरेको छ,’ उनले भने । मंगलबारको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।

प्रदेश सकरारले कोरोना रोकथामका लागि सुरक्षा सामग्री खरिद गर्न सुरक्षा निकायलाई ४५ लाख रुपैयाँ विनियोजन गरेको छ । मन्त्रिपरिषषद्को बैठकले तीनवटा सुरक्षा निकायका लागि त्यतिका रकम विनियोजन गरेको मन्त्री रामशरण बस्नेतले बताए । उक्त रकम सेनाको पृतना, नेपाल प्रहरीको प्रदेश कार्यालय र सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखरालाई १५÷१५ लाख रुपैयाँका दरले उपलब्ध गराइने मन्त्री बस्नेतले बताए ।

त्यस्तै डेडिकेटेड अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशालामा काम गर्ने प्राविधिक एवं अन्य कर्मचारीका निम्ति दिनको बढीमा २२ सय ५० रुपैयाँका दरले खर्च गर्न सीमा तोक्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । यो रकम खाने, बस्ने र खाजाको लागि हो ।

वि.सं.२०७७ वैशाख २ मंगलवार ०८:०५ मा प्रकाशित

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को (रसिया) । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा...

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...