back
CTIZAN AD

भोड्का भाइरसको औषधी भएको बेलारुसका राष्ट्रपतिको दाबी

वि.सं.२०७७ वैशाख २ मंगलवार

849 

shares

२ वैशाख । विश्वमै माहामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथामका लागि अहिले सम्म कुनै औषधि नभएको बताइरहेका बेला बेलारुसका राष्ट्रपतिले भने नशालु पेय पदार्थ (भोडका)लाई कोरोना भाइरसको दबाई भएको दाबा गरेका छन् ।

भारतीय एक संचारमाध्यमले राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले सो दाबी गरेको भन्दै समाचार बनाएको छ । समाचारमा जनाइएअनुसार राष्ट्रपति अलेक्ज्याण्डर भनेका छन्, ‘उनको देशमा कोरोनाबाट कोही पनि मरेन र कोही पनि मर्दैन ।’ यद्यपि बेलारुसमा आधिकारिक रूपमा कोरोना भाइरसबाट हुने मृत्युको संख्या दुई दर्जन भन्दा बढी छ ।

यति मात्र होइन उनले यो रोग भोडका पिएर, ट्याक्टर चलाएर, बाख्रासँग खेलेर निको हुने समेत बताउने गरेका छन् । बेलायती मिडियाहरु अलेक्ज्याण्डरलाई तानाशाह मान्ने गरेको बताइएको छ ।

डाक्टर तथा मानवअधिकारकर्मीहरूले अलेक्ज्याण्डरले भाइरसलाई गम्भीरतासाथ नलिएको आरोप लगाएका छन् । उनीहरुले चेतावनी दिँदै भनेका छन् ‘केही दिनमै धेरै मानिसहरू यसबाट मर्दैछन् ।’

राष्ट्रपति अलेक्ज्याण्डरले लकडाउन गर्न इन्कार गरेका छन् । उनले नागरिकलाई सम्बोधनका क्रममा भन्ने गरेका छन् ‘हामीले औषधी पत्ता लगायौँ, जसले मानिसहरुलाई कोरोनाबाट निको हुन मद्दत गर्दछ ।

६५ वर्षीय अलेक्ज्यान्डर २५ भन्दा बढी बर्षदेखि बेलारुसको सत्तामा छन् । यद्यपि उनले कोरोना रोगलाई निको पार्न कुन औषधिको बारेमा कुरा गरिरहेका छने भनेर विस्तृत वर्णन भने नगरेको बताइएको छ ।

उनले आफ्ना नागरिकहरु नडराउन भनेर यस्तो सान्त्वना दिने गरेको अनुमान गर्न सकिन्छ । त्यसकारण उनी आफ्ना नागरिकलाई कोरोना भाइरसको डर भगाउन त्यसलाई हल्का रुपमा लिएर हल्का रुपमा प्रस्तुत हुने गरेको देखिन्छ ।

कोरोनाबाट मरेका मानिसहरुको मृत्युको तथ्याङ्कको सम्बन्धमा पनि राष्ट्रपतिले भन्ने गरेका छन् ‘ती व्यक्तिहरु अरु नै रोगले मरेका हुन्, जुन रोगसँग उनीहरू पहिले देखि नै संघर्र्ष गरिरहेका थिए ।’ राष्ट्रपति अलेक्ज्याण्डरलेसमेत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) पनि आफ्नो भनाइसँग सहमत भएको दाबा गरेको पनि आजतकले लेखेको छ ।

वि.सं.२०७७ वैशाख २ मंगलवार १०:५२ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...