back
CTIZAN AD

बाग्लुङ नगरपालिका वडा नं १४ बाट देश विदेशमा रहेका युवाद्धारा कोभिड-१९ पीडितलाई राहत वितरण

वि.सं.२०७७ वैशाख ३ बुधवार

825 

shares

बाग्लुङ नगरपालिका वडा नं १४ नारायण स्थान सुनारटोलमा समाज सेवाका लागि स्थापित विशुद्ध सामाजिक कल्याणकोषलाई निरन्तरता दिँदै विदेशमा रहेका सोहि ठाउँका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

विश्व नै कोरोना भाइरसको महामारीको चपेटामा परेका बेला ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने परिवारमा निकै ठुलो पीडा पुर्याएको छ । तसर्थ यस्तो अवस्थामा कोषद्वारा थोरै भएपनि केही परिवार चुलो बल्नबाट बन्चित हुन नपरोस् भन्ने उदेश्यका साथ सहयोगको हात अगाडि बढाइएको बताइएको छ ।

अन्र्टाटिका महादेशमा पुग्ने पहिलो नेपाली तथा ‘प्रसिद्ध प्रबल गोरखा दक्षिणाबाहु’ द्वारा बिभुषित समाजसेवी तथा बौद्धिक व्यक्तित्व कोषका प्रमुख सल्लाहकार तथा संयोजक भुवन सिंह बिश्वकर्माको बिशेष पहलमा सो गाउँबाट देश तथा बिदेशमा रहेका गोत्रिय गोतामे दाजुभाइहरुलाई अनुरोध तथा समन्वय गरी उक्त कोषमा आर्थिक संकलन गरिएको बताइएको छ ।

कोषमा आबद्द सम्पुर्ण सदस्यहरुको निर्णय बमोजिम यस ‘कोभिड १९’ को महामारीबाट आफ्नै टोल छिमेक तथा समाजमा पर्न गएको असर, दैनिक उपभोग्य सामग्री तथा चुलो बल्ने समस्यालाई ध्यानाकर्षण गर्दै कोषको प्रथम योजना अनुसार सो कोषका प्रमुख सल्लाहकार तथा संयोजकको निर्देशन र सोही वार्डका वडाध्यक्ष चक्र बहादुर खत्रीलाई जानकारी गराई अन्य समाजसेवी तथा समाजका जेष्ठ नागरिकहरुको बिशेष उपस्थिती तथा रोहबरमा १४ घरपरिवारलाई खाधबस्तु वितरण गरिएको बताइएको छ ।

प्रथम चरणमा कोषले तत्कालिन अवस्थालाई अवलोकन गरी निर्णय लिएको हुँदा यदी भोलिका दिनमा पनि थप सहयोग गर्नुपर्ने देखिएमा कोष पुन सक्रिय रहने योजना रहेको बताइएको छ । समाजमा आइपरेका धार्मिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य लगायत विविध क्षेत्रहरूमा सानै भएपनि टेवा पुगोस् भन्ने उद्देश्य लिएर सहयोगको हात अगाडि बढाइएको बताइएको छ ।

यसरी नै हामी सबै एकजुट भई आ–आफ्नो गाउँ समाज टोलमा आपतकालिन समस्यालाई उजागर गर्ने निकायहरु नियाल्दै जाने हो भने पक्कै पनि यस बिषम परिस्थितिमा चुलो बल्नबाट कोहीपनी बञ्चित रहनु नपर्ने बताउँदै कोषले सरकारी तथा गैरसरकारी निकायहरुको ढोका ढक्ढकाउनै मात्र आश्रित रहनु नपर्ने बताएको छ ।
कोषको आर्थिक बृद्धिका निमित्त सहयोगी मनहरुमा रु पाँच हजार अनिवार्य गरिएको छ भने स्वेच्छिक तरिकाले ठूलो हृदय बनाई अझै थप गरी सहयोग गर्ने प्रमुख ३ सहयोगी दाता तथा कोषका प्रवासमा रहेका सदस्यहरु जसमध्ये अमर सिंह सुनारका सुपुत्र व्रिटिश आर्मी चन्द्र बहादुर सुनार हाल युकेबाट ५० हजार, गोपिराम सुनारका सुपुत्र व्रिटिश आर्मी कृष्ण सुनार युकेबाट रु ३० हजार, धन बहादुर सुनारका सुपुत्र सुरेश सिंह सुनार मकाउँबाट रू १५ हजार सहयोग गरेका छन् ।

त्यस्तै कोषमा अनिवार्य रूपमा सहयोग गर्ने रु ५ हजारको निर्णय अनुसार भुवन सिंह बिश्वकर्मा, रमेश गोतामे, शिब बहादुर सुनार, करण बहादुर सुनार, हरी सुनार, गणेश सुनार, बाबुराम सुनार, मेघनाथ सुनार, गंगा बहादुर सुनार, दिपक सुनार भक्त बहादुर सुनार, गणेश सुनार र चन्द्र बहादुर सुनार रहेका छन् ।

कोषले सहयोग गर्ने सम्पूर्ण सहयोगी मनमा धन्यवाद व्यक्त गरेको छ । कोषले प्रवासमा रहने र बसाईसराई गरेर बाहिर रहेकाहरुलाई पनि यो कार्यले एकजुट गराएको तथा जो छुटेका छन् उनीहरुलाई पनि सामाजिक कार्यमा सहभागी हुन अनुरोध गरिएको छ ।

यस कोषको कार्यक्रमको अवधारणा ल्याउने सहसंयोजक सुरेश सिंह सुनारलाई बिशेष धन्यबाद ज्ञापन गर्दै समाजमा प्रत्यक्ष खटेर कार्यक्रमलाई सफल बनाउने सदस्यहरु भक्त बहादुर सुनार, गणेश सुनार, चुर्ण बहादुर सुनारलाई पनि कोषले धन्यवाद ज्ञापन गरेको छ ।

वि.सं.२०७७ वैशाख ३ बुधवार १३:५० मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...