back
CTIZAN AD

कोरोना अपडेट : अमेरिकामा एकै दिन झण्डै २५ सयको मृत्यु

वि.सं.२०७७ वैशाख ४ बिहीवार

837 

shares

४ वैशाख, काठमाडौँ । नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) को प्रभाव विश्वका प्राय सबै देशमा परेको छ । चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, स्पेन र अमेरीकालाई थला पार्दै यो विश्वका २१० देश पुगिसकेको छ ।

२०७७ वैशाख ४ (सन् २०२० अप्रिल १६) बिहान ८.३९ बजेसम्मको प्राप्त समाचार अनुसार संसारका २० लाख ८३ हजार ३ सय ४ मानिसमा कोरोना भाइरस सल्केको छ । भने  कूल मृत्युसंख्या १३४,६१६ रहेकोमा पछिल्लो चौबिस घण्टामा ८०१२ जनाको मृत्यु भएको छ ।

निको भएर घर फर्किएकाहरु संख्याको ५१०,३४१ छ भने उपचाररत बिरामीको संख्या १,४३८,३४७ रहेको छ । जसमध्ये १,३८७,२०५ को अवस्था मध्यम छ भने ५१०,३४१ को स्थिति गम्भिर रहेको छ ।

वल्र्डोमीटरका अनुसार अहिले सबैभन्दा बढी प्रभावित हुनेमा अहिले अमेरिका देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या ६४४,०८९ पुगेको छ भने २८,५२९ को मृत्यु भएको छ । अघिल्लो दिनको तुलनामा १२२०३ जना नयाँ संक्रमित थपिएका छन् भने २४८२ जनाको मृत्यु भएको छ ।
मृत्युदरको हिसाबमा अमेरिका सबैभन्दा बढी प्रभावित देश बनेको छ ।  इटालीमा मृत्युदर लगातार घट्दो क्रममा रहेको देखिन्छ । इटालीमा प्रभावितको संख्या १ लाख ६५ हजार १ सय ५५ रहेको छ भने मृत्यु हुनेको संख्या २१६४५ जना रहेको छ ।

कोरोना उत्पत्ति भएको देश चीनमा मंगलबार ४६ नयाँ बिरामी थपिएका छन् । चीनमा प्रभावितको संख्या ८,२३४१ रहेको छ ।

प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो(२८,५२९) इटाली दोस्रो(२१,६४५), स्पेन तेसो(१८,८१२), फ्रान्स चौंथो(१७,१६७), बेलायत पाचौँ(१२,८६८), इरान छैठौं(४,७७७), बेल्जियम सातौँ(४,४४०) र चीन आठौँ(३,३४२) क्षति व्यहोर्ने देशमा छन् ।

नेपालमा कोरोना भाइरस अपडेट :
नेपालमा संक्रमितको संख्या नियमित बढेको छ । २४ घण्टामा नेपालमा कुनै नयाँ संक्रमित थपिएका छैनन् । मंगलबार थप दुई जनामा कोरोना भएको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १६ पुगेको हो । मंगलबारसम्म ६८७१ जनाको परीक्षण भएको छ ।

चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो । ती पुरुष निको भएर घर फर्किएसकेका छन् भने हाल १३ जना उपचाररत छन् ।

चैत्र २३ गते कोरोना संक्रमित एक व्यक्तिबाट अर्काेमा सरेपछि नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको छ । दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाबाट उनको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।

कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा पैmलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल एक युवतीको चैत्र १० गतेको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएपछि भोलिपल्ट अर्थात् चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको थियो । सरकारले ११ गते मंगलवार बिहान ६ बजेदेखि चैत १८ सम्म लागू हुनेगरी गरेको लकडाउन चौंथो हप्तासम्म लम्बाएर आगामी वैशाख १५ गते सम्म पु¥याइएको छ ।

अर्को छिमेकी देश भारतमा संक्रमितको संख्या बढीरहेको छ । आइतबारसम्म १२,३७० जना संक्रमित रहेको र ३९३ जनाको मृत्यु भएको देखिन्छ । २४ घण्टामा २२१२ नयाँ संक्रमित थपिएका छन् भने २९ जना को मृत्यु भएको देखिन्छ ।

यस्तो छ कोरोना भाइरसको अपडेट तथ्याङ्क :

वि.सं.२०७७ वैशाख ४ बिहीवार ०९:२१ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...