back
CTIZAN AD

यसरी भावुक बनाए कोरियामा कार्यरत युवाले महाविर पुनलाई

वि.सं.२०७७ वैशाख ४ बिहीवार

816 

shares

४ बैशाख, काठमाण्डौं । राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनलाई कोरियामा कार्यरत एक नेपाली युवाले भावुक बनाएका छन् ।

जीवनमा धेरै संघर्ष गर्दै आएको र सितिमिति भावुक नबन्ने बताएका पुनले आज बिहान एकैछिन खुबै भावुक बनेको सामाजिक संजालमा उल्लेख गरेका छन् ।
यसकारण भावुक बने महावीर
‘सितिमिति भाबुक नहुने म आज बिहानै एकछिन भाबुक बनेंः कारण पढ्नुहोस ।

डा. महावीर पुनले मागे अस्पताल र सुरक्षाकर्मीसँग विग्रेको थर्मोगन

एकजना भाइले दक्षिण कोरिया बाट बिहानै फोन गरेर राष्ट्रिय आविष्कार केन्द्रको खाता नम्बर मागे र कोरोनाको लागी २ लाख रुपैंया पठाई दिन्छु भने । मैले “तिमीले दुःख गरेर कमाएको पैसा दान गर्ने नै हो भने अलिकति पैसा दान गर, त्यति धेरै पैसा नपठाउ, बरु तिम्रो परीवारलाई पठाई देउ’ भनेर भने । उनले मेरो परिवार छैन भने । अनि मैले ‘तिम्रो बाबा आमा लाई पठाई देउ न त’ भनेर सम्झाएँ । उनले यसो भने– ‘बाबा त मैले देखे कै होइन, आमाले पालेकी हुन् र उनी पनि स्वर्गमा छिन् । मेरो आमा भने कै नेपाल आमा हुन् र आमालाई दुख परेको बेलामा यति सानै रकम भए पनि दान गर्न चाहन्छु ।’

कोरोनाका सिकिस्त बिरामीहरुको उपचारको लागी राष्ट्रिय आविष्कार केन्द्रले बनायो यस्तो उपकरण

मैले ति भाईलाई बिभिन्न तरिकाले सम्झाई बुझाई गर्दै यसो भनें – ‘एक लाख मात्र दान गर र त्यो भन्दा बढी नगर, बरु सके जति पैसा बचाउ र देशमा नै आएर केहि गर ।’ धेरै नै सम्झाए पछि उनले एक लाख रुपैंया मात्र दान गर्न माने ।

ति भाईले जिन्दगीमा धेरै दुःख पाएको र हण्डर खाएको अनुमान गर्न सकिन्छ । त्यसै कारणले नै म एकछिन भाबुक बनेको हो किन भने मैले पनि जिन्दगीमा धेरै नै हण्डर र ठक्करहरु पाएको छु र जस्तो सुकै परिस्थितिमा पनि सितिमिति म भाबुक र बिचलित हुँदै हुँदैन । कसैको पनि हण्डर र ठक्कर नखाएको जिन्दगी कुनै जिन्दगी नै होइन भन्ने मान्यता राख्छु मैले । यो एकदमै सत्य कुरा हो । कसैले फेरी व्यंग र हाँसो नगर्नु होला । धन्यबाद ।’

डा.महाविर पुनले बनाएको ‘पिपिई’ मेडिकल काउन्सीलद्धारा स्वीकृत, छिट्टै ७ सय सेट तयार हुने

वि.सं.२०७७ वैशाख ४ बिहीवार ०९:२५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...