४ बैशाख, काठमाण्डौं । अष्ट्रेलियास्थित क्यानवेरास्थित नेपाली दूतावासले भीषा अवधि बढाएको जानकारी दिएको छ ।
दूतावासले सम्बन्धीत सबैका लागि भनि दिएको सूचनामा सरकारले यसअघि गरेको जारी भिषा ६ महिने बनाउने निर्णयलाई थपेर १ वर्ष बैद्य हुने जानकारी दिइएको छ ।
क्यानवेरास्थित दूतावास बाहेक अष्ट्रेलियामा रहेका अन्य कन्सुलेट अफिसहरु र न्युजिल्याण्डमा रहेको कन्सुलेट अफिसबाट जारी भएका सबै भिषाहरुको म्याद स्वतः थपिए बराबर बैद्य हुने जनाइएको छ ।
सन् २०२० को जनवरी १ देखि मार्च १ सम्म जारी भएका सबै भिषाको म्याद बढेको बताइएको छ ।

वि.सं.२०७७ वैशाख ४ बिहीवार १२:४६ मा प्रकाशित






























