Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

राष्ट्रिय खेलकुदमा पश्मिाञ्चलबाट पाँचसय ४२ जना



पोखरा । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७३ मा पश्चिमाञ्चल विकास क्षेत्रबाट पाँचसय ४२ जना खेलाडी सहभागी हुने भएका छन् ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराद्वारा मंगलबार यहाँ आयोजित छनोटमा परेका खेलाडीको बिदाइ एवम् पत्रकार भेटघाट कार्यक्रममा समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले यस क्षेत्रबाट विभिन्न ३० वटा खेलमा प्रतिस्पर्धा गराइने जानकारी दिनुभयो ।

उहाँका अनुसार पुस ८ देखि १५ गतेसम्म विराटनगरमा हुने प्रतियोगितामा खेलाडीको अतिरिक्त टोली प्रशिक्षक र व्यवस्थापक गरी कुल एकसय छजनाको सहभागिता हुनेछ । आज पोखरा रङ्गशालामा आयोजित एक समारोहबीच व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले प्रतियोगिताका लागि छनोटमा परेका खेलाडीलाई बिदाइ गर्नुभएको थियो ।

फुटबलका अन्तर्राष्ट्रिय खेलाडी अनिल गुरुङलाई पश्चिमाञ्चल विकास क्षेत्रको झन्डा र भलिबल खेलका अन्तर्राष्ट्रिय खेलाडी मञ्जु गुरुङलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै अधिकारीले खेलाडी अनुशासन र लगनशील भएमा सफलता हासिल गर्न सकिनेमा जोड दिनुभयो ।

पोखराको खेल क्षेत्रमा स्थानीयवासीको महत्वपूर्ण भूमिका रहेको बताउँदै उहाँले पोखरालाई खेलकुद पर्यटकीय सहरका रुपमा विकास गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले राज्यले खेलाडीलाई भविष्यप्रति चिन्ता नभई खेलप्रति समर्पित हुने वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । महिला नेतृ सुष्मा राई नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति सदस्य बनेकी

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीले ३३५ नेताहरुको कार्यविभाजन गरेको छ । पार्टीको असोज