६ पुस, धनगढी । धनगढी—डडेलधुरा राजमार्गअन्तर्गत कैलालीको गोदावरीस्थित भ्यागुते सडकखण्डको छेउछाउमा मंगलबार ठूलो सङ्ख्यामा गाईगोरु मरेको फेला परेका छन् ।
चुरे पहाडसंग जोडिएको यो सडक खण्डको छेउछाउ र भीरमा यत्रतत्र छरिएर मरेको अवस्थामा फेला परेका यी चौपाया कसले किन मारेर फालेको हो भन्नेमा एकिन हुन नसकेको कैलालीका प्रहरी उपरीक्षक अर्जुनचन्द ठकूरीले बताउनुभयो ।
उहाँका अनुसार, उक्त क्षेत्रमा १३ वटा गोरु र ११ वटा गाई गरी कुल २४ वटा गाईगोरु मरेको अवस्थामा फेला परेका छन् भने १४ वटा गाई मरणासन्न अवस्थामा भेटिएका छन् ।
मरेका गाई गोरुको मुखबाट फिज निस्केको हुँदा यसबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ठकुरीले बताउनुभयो । उहाँले उक्त क्षेत्रको जङ्गलमा सय वटा गाई वेवारिसे अवस्थामा फेला परेको जानकारी दिनुभयो ।
वि.सं.२०७३ पुस ६ बुधवार ०३:०७ मा प्रकाशित