६ पुस, कलैया । बारा जिल्ला बडही फूलबरिया–८ सनफुलवा गाउँमा मंगलबार बिहान ११ः३० बजे ११ हजार भोल्टेज विद्युत् तार चुँडिएर लाखौँ मूल्य बराबर धनसम्पत्ति क्षति भएको जिल्ला प्रहरी कार्यालयबाट थाहाभएको छ ।
उक्त ११ हजार भोल्टेज विद्युत् प्रसारण तार चुँडिएर दर्जनौँ घरमा आगलागी हुनुका साथै टिभी, विद्युत् मिटर बक्स, चार्ज गरिराखेको मोबाइल पड्किनुका साथै १५ जना गम्भीर घाइते भएको कुरा थाहाभएको छ ।
घाइतेको कलैया अस्पताल र वीरगन्ज अस्पतालमा उपचार भइराखेको थाहाभएको छ । विद्युत् प्राधिकरणको रेखदेखको कमीले गर्दा सो घटना हुन गएको बुझिएको छ । सो घटनाले कसकसको कति क्षति भएको बारे यकिन हुन सकेको छैन ।
वि.सं.२०७३ पुस ६ बुधवार ०३:०३ मा प्रकाशित