back
CTIZAN AD

मुना कृषि लिमिटेडले सुरु ग¥यो कृषि बजार सेवा

वि.सं.२०७७ वैशाख ८ सोमवार

2K 

shares

८ वैशाख । विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ(एनआरएनए) आइसीसीको कृषि प्रबर्धन समिति अन्तर्गतको मुना कृषि लिमिटेडले काठमाडौँको बसुन्धारामा ‘कृषि बजार’ सेवा सुरु गरेको छ ।

एनआरएनएको कृषि प्रबर्धन समिति, राष्ट्रिय कृषक समूह महासंघ, बागमति प्रदेश सरकार र काठमाण्डौ महानगरपालिका समेतको सहकार्यमा एनआरएनए अन्तर्गतको मुना कृषि लिमिटेडले परिक्षणकालिन सेनिटाईजरेसन कृषि वस्तुहरु बिक्रि गर्ने काम सुरु गरेको हो ।

काठमाडौँको बसुन्धरास्थित यति इभेण्ट पार्टी प्यालेसमा सुरु गरिएको कृषि बजारको आइतबार काठमाठौँ महानगरपालिका उपमेयर हरिप्रभा खड्गीले तरकारी खरिद गरि औपचारिक शुरुवात गरेकी थिइन् ।

मुना कृषि लिमिटेडको ‘हाम्रो कोशिष’ परियोजनाले कृषि बजारको सुरुवात गरेको मुना कृषि लिमिटेडका अध्यक्ष युवराज गुरुङले जानकारी दिए । उनका अनुसार ‘हाम्रो कोशिष’ परियोजनाले भाइरसमुक्त Sanitized & Packaged फलफूल तथा तरकारीलाई सेवामूलक ढंगबाट सरल मुल्यमा उपभोक्तामाझ पु¥याउन कृषि बस्तूहरुको बजार सुरु गरिएको हो ।

विश्वव्यापि संकटको यो समयमा किसानको उत्पादन उत्पादित क्षेत्रमै खेर गैरहेको र लकडाउनमा परेका नागरिकले सहज र सुरक्षित तबरले उपभोग गर्न नपाएको अबस्थामा नागरिकलाई सेवा पु¥याउने उद्देश्यले परिक्षणकालिन रुपमा कृषि बजारको सुरुवात गरिएको मुनाका एनआरएनए आइसीसीको कृषि प्रबर्धन समितिका उपाध्यक्ष कपिलदेव थापाले बताए ।

आज सोमबार बिहान ८ बजेदेखि बेलुका ६ बलेसम्म बिक्रीवितरणका लागि खुल्ला गरिएको छ । यो आकस्मिक भएपनि संस्थाको मुख्य उद्देश्य यहि नै रहेकाले आगामी दिनमा यसलाई निरन्तरता दिइने थापाले बताए । यसरी नै अन्य विभिन्न ठाउँहरुबाट पनि सेवा दिने गरी कृषि बजार सुरु गरिने समेत उनले बताए ।

सो अवसरमा खाद्य गुणस्तर विभागका पूर्व महानिर्देशक जीवनप्रभा लामा, काठमाडौ उपत्यका कृषि ज्ञानकेन्द्र प्रमुख निर्मल गदाल, महानगर कृषि विभाग प्रमुख हरि भण्डारी, पत्रकार, स्थानीय लगायत बोर्ड डाइरेक्टरहरुको उपस्थिति रहेको थियो ।

वि.सं.२०७७ वैशाख ८ सोमवार ०९:५४ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...