back
CTIZAN AD

मर्हजन दिन्छीन् पेटको मोटोपन (बोसो ) घटाउने यस्तो टिप्स

वि.सं.२०७७ वैशाख ८ सोमवार

909 

shares

कोरोना महामारीका कारण देश लकडानउनको बेला छ । बिहान मर्निङ वाक जान पाइएको छैन । विगतका दिनमा जस्तो काममा जाने आउने वातावरण पनि छैन । शारिरीक परिश्रम गर्न पाइएको पनि छैन । खाएको खानालाई पसीनासहित बगाउने कुनै काम गर्न पाइएको छैन । यतिबेला शरीरमा मोटोपन बढिरहेको छ । जसले गर्दा विभिन्न समस्याले घेरिरहेको छ । तर, यस्तोबेला घरमै पनि व्यायाम तथा योगा गर्न सकिन्छ । यसका लागि योगा मास्टर रामदेवी मर्हजनले मोटोपन घटाउनका लागि यस्तो टिप्स दिएकी छन् ।
हेर्नुहोस् मर्हजनले दिएको टिप्स यस्ता छन्

१. पवनमुक्त्तासन-१ सिधा उत्तानो सुत्ने। दुवै हातलाई कम्मरको दायाँ बायाँ राख्ने। बिस्तारै गहिरो स्वास तान्दै बायाँ खुट्टा ९० डिग्रीमा उठाउने, मनमनै १० गन्ने र बिस्तारै स्वास छोड्दै खुट्टालाई तल झार्ने । ५ पटक गर्ने ।

२. पवनमुक्त्तासन-२ गहिरो स्वास तान्दै दायाँ खुट्टा ९० डिग्रीमा उठाउने, मनमनै १० गन्ने र बिस्तारै स्वास छोड्दै खुट्टालाई तल झार्ने । ५ पटक गर्ने ।

२. पावनमुक्त्तासन-३ दुवै खुट्टालाई स्वास तान्दै ९० डीग्रीमा उठाउने, मनमनै १० गन्ने र बिस्तारै स्वास छोड्दै तल झार्ने । ५ पटक गर्ने ।

३. पवनमुक्त्तासन-४ पालै पालो दुवै खुट्टालाई घुडासम्म खुम्चाएर गोलो गोलो घुमाउने, दायाँ र बायाँ दुवैतीर बाट ५–५ पटक घुमाउने ।

४. पवनमुक्त्तासन-५ दुबै खुट्टालाई घुडा सम्म खुम्चाएर दायाँ र बायाँ दुवैतिरबाट ५–५ पटक गोलो घुमाउने ।

५. पवनमुक्त्तासन-६, साइकल चाल सुल्टो र उल्टोबाट १०–१० पटक गर्ने ।

६. पवनमुक्त्तासन-७, ८ पालै पालो स्वास छोड्दै खुट्टालाई घुडासम्म खुम्चाउने, दुवै हातले घुडामा समाउने र टाउको उठाएर चिउडोले घुडा छुने प्रयास गर्ने, मनमनै १० गन्ने र बिस्तारै स्वास तान्दै खुट्टालाई तल झार्ने। पालै पालो ५–५ पटक गर्ने ।

६. पवनमुक्त्तासन-९ स्वास छोड्दै दुबै खुट्टालाई घुडा सम्म खुम्चाउने, दुवै हातले घुडामा समाउने र टाउको उठाएर चिउडोले घुडाको बिचमा छुने प्रयास गर्ने , मनमनै १० गन्ने र बिस्तारै स्वास तान्दै खुट्टालाई तल झार्ने । ५ पटक गर्ने ।

७. पदोतानासन-१, २ पालै पालो बायाँ खुट्टा र दायाँ हातलाई स्वास तान्दै ९० डिग्रीमा उठाउने , मनमनै १० गन्ने र बिस्तारै स्वास छोड्दै खुट्टा र हातलाई तल झार्ने । ३ देखि ५ पटक पालै पालो गर्ने ।

८. पदोतानासन-३, दुबै खुट्टा र दुबै हातलाई स्वास तान्दै ९० डिग्रीमा उठाउने , मनमनै १० गन्ने र बिस्तारै स्वास छोड्दै खुट्टा र हातलाई तल झार्ने। ५ पटक गर्ने ।

अन्तमा
अश्वासन -उत्तानो सुत्ने, दुबै खुट्टालाई घुँडा सम्म खुम्चाउने, दुबै हातलाई लक गरेर गर्धनमुनि राख्ने । दुबै कुइनाले भुइँ छुवाउने । बिस्तारै स्वास छोड्दै दुवै खुट्टालाई बायाँ र टाउकोलाई दायाँ मोडेर कुइनालाई हेरिरहने, मनमनै ३० गन्ने र स्वास तान्दै बीचमा फर्कने । दायाँ , बायाँ पालै पालो ५–५ पटक गर्ने ।

आसन ब्यायामका साथै खानपिन पनि उचित हुनुपर्छ । हरेक दिन योग गरौ, स्वस्थ रहौं ।

वि.सं.२०७७ वैशाख ८ सोमवार १६:२३ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...