back
CTIZAN AD

एनआरएनको भाषा साहित्य समितिको पहिलो बैठक सम्पन, के के भयो त निर्णय ?

वि.सं.२०७७ वैशाख ८ सोमवार

870 

shares

८ बैशाख, काठमाण्डौं । एनआरएनए भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिको पहिलो अनलाइन बैठक सम्पन्न भएको छ ।
समितिका अध्यक्ष हिक्मत थापाको अध्यक्षतामा बैशाख ७ (अप्रिल १९) मा सम्पन्न बैठकमा विभिन्न छलफल तथा निर्णय गरिएको छ ।

बैठकमा विश्वव्यापी महामरिका रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को का कारण ज्यान गुमाएका गैरआवासिय नेपालीहरुप्रति श्रद्धान्जली ब्यक्त गर्दै देश तथा विदेशमा उपचाररत बिरामीहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो । साथै संकटको यो घडीमा सहयोग, उद्दार, उपचार र राहतमा खटिने सबैमा सम्मानसहित धन्यवाद व्यक्त गरिएको थियो ।

त्यस्तै निवर्तमान र यस अघिका समितिलाई धन्यवाद दिदै ती समितिहरुले गरेका कार्यहरुको आबश्यक परिमार्जन सहित निरन्तरता दिने निर्णय गरिनुका साथै अहिलेको समितिले गर्ने कार्यहरुको वार्षिक कार्ययोजना र तालिका एकमहिना भित्र तयार पार्नका लागि समितिका अध्यक्षले एक उपसमिति बनाएर तयार गर्ने निर्णय समेत गरेको छ । काम गरिने निर्णय गरिएको छ ।

बैठकले बिगत देखिनै समितिले नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा विभिन्न कार्यक्रम तथा प्रकाशनका कार्य गर्दै आएकोमा त्यसलाई निरन्तरता दिने तथा २ वटा पुस्तक संग्रह प्रकाशन गर्ने निर्णय समेत गरेको छ । संग्रहमा, संस्मरण र नियात्रा तथा गजल प्रकाशन गरिने भएको हो ।

गजल सङ्रह प्रकाशनका लागि आर के सुबेदीले समितिमा रहेका अन्य गजलकार र बिधाका बिज्ञहरु सङ्ग सल्लाह गरि समिती प्रस्ताव गर्ने तथा संस्मरण संग्रहका लागि अध्यक्ष थापाले बिषयबिज्ञ र समितिका पदाधिकारीहरुसँग राय लिएर सम्पादन समिति प्रस्ताव गर्ने निर्णय समेत गरिएको छ ।

त्यसैगरी गैरआवासीय नेपाली लेखकको डाइरेक्टरी (अभिलेखिकरण )तयार गर्नका लागि हरी पौडेललाई सम्योजक तोकिनुका साथै प्रत्येक क्षेत्रबाट एक÷एक जना सदस्य राख्ने, तथा संघको साहित्य पुरस्कार स्थापना गर्ने विषयमा छलफल समेत गरिएको थियो ।
समितिको अनलाइन साहित्यक कार्यक्रम सन्चालन गर्ने र यसको सम्बन्धमा प्रारुप र योजना बनाउन जिम्मा समितिकी सदस्य सचिव भगवती बस्नेतलाई दिइएको छ ।

उक्त अनलाइन बैठकमा जर्मनीबाट जिवा लामिछाने, नेपालबाट अश्विनी कोइराला, भगवती बस्नेत, रमेश पौडेल, अमेरिकाबाट निलम कार्की निहारिका, विकास बिष्ट, गौतम दाहाल, गोबिन्द गिरि प्रेरणा, कपिल अधिकारी, कृष्ण कुसुम, महेश्वर पन्त, कृष्ण लामिछाने र सर्वज्ञ वाग्ले, नाइजेरियाबाट हिक्मत थापा, युगान्डाबाट रमेश कडेल, जापानबाट बेलुकाजी थापा, नेदरल्यान्डबाट हरी पौडेल, आरके सुवेदी तथा निश्चल पिएस लिम्बू -युएई, गोबिन्द प्रसाद गौतम-रसिया, जितेन्द्र मल्ल -अस्ट्रेलिया,नृपेश उप्रेति-युके, संजय शान्ति सुबेदी- न्युजिल्यान्ड, सुनिल संगम-पोर्चुगल र तिर्थ सङ्गम राई कतारबाट सहभागी भएका थिए ।

बैठकमा समितिका सल्लाहकार तथा एनआरएनएका पूर्वअध्यक्ष जिवा लामिछानेले समितिले काम अगाडि बढाउन आफ्नो कोष पनि स्वयं तयार गर्दै जानूपर्ने भएकोले कोषका लागि आफूले १ लाख सहयोग गर्ने घोषणा गरेका थिए भने समितिका अध्यक्ष हिक्मत थापाले लामिछानेलाई धन्यवाद दिँदै आफ्नो तर्फबाट पनि कोषका लागि ५० हजार सहयोग गर्ने घोषणा गरेका थिए । अध्यक्ष थापाले यससँगै कोष बिस्तारको कार्य पनि सँगसँगै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

वि.सं.२०७७ वैशाख ८ सोमवार २०:१३ मा प्रकाशित

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...