back
CTIZAN AD

पत्रकार महासंघ कतारका अध्यक्ष मियामा कोरोनाको संक्रमण,क्रमिक सुधार हुँदै

वि.सं.२०७७ वैशाख ८ सोमवार

810 

shares

नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाले विगत केहि दिनदेखि आफूमा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी गराएका छन् ।

हिजो ‘मेरो लागी दुआ गर्दिनु होला’ भनेर लेखेका उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफूमा कोरोना भाइरसको संक्रमण भएको र विगत केही दिनदेखि कतारको एक अस्पतालमा उपचार गराईरहेको जानकारी गराएका हुन् ।

आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भैरहेको जानकारी दिँदै उनले भनेका छन् ‘सामान्यतया ज्वरो, खोकी तथा स्वासप्रस्वासमा देखिएको समस्यालाई निधान गर्ने हेतू उपचार चलीरहेको र सबैप्रक्रारका समस्याहरु क्रमिक घट्दै गईरहेको छ ।’

अहिले ज्वरो आउने क्रम रोकिएको तथा खोकी घट्दो अवस्थामा रहेको, स्वास लिने प्रकृयामा केहि प्रतिकुलता देखिएको भएपनि केहि दिनभित्रमा त्यसमा समेत लाभ हासील हुने कुरामा आफू विश्वस्त रहेको उल्लेख गरेका छन् ।

मेडिकल आइसोलेसनपश्चात केहिदिनमा सम्भवत न्युनतम १४ दिनको क्वारेन्टाइनमा बसाई रहने र त्यसपछी पूनः सामाजिक एवम् सार्वजनिक जीवनमा फर्किने समेत उनले बताएका छन् ।

आफ्नो स्वास्थ्यमा निरन्तर चासो लिइ रहनेप्रति कृतज्ञता व्यक्त गर्दै भनेका छन् ‘यस दौरान बिभिन्न माध्यमबाट मेरो बारेमा चिन्ता वा चाँसो लिनु हुने र निरन्तर मेरो स्वास्थ्य अवस्थाबारे जानकारी लिई रहनु हुने नेपाली नियोग परिवार, बिभिन्न संघ संस्थाका समकक्षी मित्रहरु, मेरा आफन्त, इष्टमित्रहरुमा हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु ।’

वि.सं.२०७७ वैशाख ८ सोमवार २०:४५ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...