back
CTIZAN AD

सनातन हिन्दू जीवनशैली प्राकृतिक, भौगोलिक एंव ग्रहीय चक्रमा आधारित हो

वि.सं.२०७७ वैशाख ८ सोमवार

732 

shares

सनातन हिन्दू परम्परामा करिब २०० वर्ष अघि भारतवर्षमा बैदेशिक धर्मको हस्तक्षेप नहुँदासम्म महिनामा ५ दिन बिदा दिईन्थ्यो । १ दिन एकादशीमा, १ दिन औसीमा, पूर्णिमाको अघिल्लो, पूर्णिमा र पूर्णेको अर्को दिन गरी कूल ५ दिन । आईतबार शनिवार नयवा शुक्रबार बिदा हुने गर्दैन थियो । यी बारको जीवनचक्रसंग खासै अर्थ रहने गर्दैन पनि ।

हाम्रो शरीर-चक्र पूर्णतः चन्द्र-चक्रमा आधारित हुन्छ । जसले यसलाई महसूस गरेर यससंग सामन्जस्य राख्दैन, उसको मानसिक, शारीरिक, आध्यात्मिक र प्राण उर्जा डिस्टर्ब भएर जीवनशैली समस्याग्रस्त हुदै जाने गर्छ । प्रकृतिको तरंगबोध नगर्नेहरूमा देखिने यस्ता शारीरिक, मानसिक, भावनात्मक र प्राण उर्जामा आउने समस्याको ओखति गर्ने सामथ्र्य कसैमा हुदैन ।

मानिसलाई औंसीपूर्णे लाग्नु, एकादशीमा खाना खान मन नलाग्नु, शिवरात्रीमा फरक उर्जाको अनुभूति हुनु यिनै कारणले हो ।

हाम्रो जीवन चन्द्रमाको गतिको चक्र र तरंगमा आधारित छ । जन्मदिन भनेको जुन तिथिमा पर्छ, त्यही दिनलाई मान्दा हामी प्रकृतिको चक्र र तरंगसँग एकाकार भएको हुन्छौं । तिथि कृष्ण पक्ष( पूर्णेपछि) र शुक्ल पक्ष (औंसीपछि) प्रतिपदादेखि पूर्णे वा औंसीसम्म हुन्छन् । जुन तिथिमा आफू जन्मेको हो त्यो तिथिलाई वैदिक पद्दतिले अष्ठचिरंजीवीको पूजा गर्दै मनाउनु पर्छ, त्यही दिन दान दिने वा गरिब वा ब्राह्मणलाई खाना खुवाउनु लाभदायी हुन्छ भन्ने मान्यता छ । रमाईलो गर्ने, अरुले शुभकामना दिने एउटा कुरा होला तर ब्यक्तिलाई प्राकृतिक चक्रको दृष्टिले तिथिको जन्म दिनको अन्य दिन वा गते वा बार वा तारेखसंग जीवनमा खासै मतलब हुने गर्दैन ।

भक्ति मार्गका ५ रूप छन् । जिज्ञासु भावले, पितृभावले, मातृभावले, बात्सल्य भावले र मधुरभावले (प्रेमी वा प्रेमिका) भक्ति अर्पण हुने गर्छ ।

उपाध्याय नेपाल सरकारका पूर्वसचिव हुन्

नेपालमा सनातन हिन्दू धर्मको अहित कसैले नगरून्

वि.सं.२०७७ वैशाख ८ सोमवार २०:४५ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...