back
CTIZAN AD

चट्याङ र करेन्ट लागेर ३ जनाको मृत्यु, ४ घाईते

वि.सं.२०७७ वैशाख ९ मंगलवार

786 

shares

९ बैशाख, काठमाण्डौं । हावाहुरी सहित परेको चट्याङ तथा करेन्ट लागेर तीनजनाको मृत्यु भएको छ ।

धादिङ थाक्रे गाउँपालिका–३ मा विद्युतको ट्रान्समिटर पड्किँएर करेण्ट लाग्दा २ जनाको सोमबार राति मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २३ वर्षीय सागर अर्याल र ४५ वर्षीय सानोमान तामाङ रहेका छन् । अन्य ४ जना घाईते भएका छन् ।

उक्त स्थानमा रहेको ट्रान्समिटर पड्किँएर हाई भोल्टेज आएकोले आ–आफ्नै घरमा बत्ती बाल्न लाग्दा करेण्ट लागेर गम्भीर घाइते भएका उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेण्ट लागेर घाइते  भएका सोही ठाउका २४ वर्षीय रुपक अर्याललाई सोही स्वास्थ केन्द्र हुँदै थप उपचारको लागि बर्न अस्पताल कीर्तिपुरतर्फ पठाइएको छ भने अन्य ३ जना उपचार पश्चात डिश्चार्ज भएका छन् ।

त्यस्तै डोटीको सायल गाउँपालिका–३ कम्छडाकी २२ वर्षीया उजली बयाडीको चट्याङ् लागेर मृत्यु भएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा सोमबार साँझ चट्याङमा परेर गम्भीर घाइते भएकी उनको उपचारको लागि जिल्ला अस्पताल ल्याउने तयारी गर्दागर्दै मृत्यु भएको हो ।

वि.सं.२०७७ वैशाख ९ मंगलवार १३:५६ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...