back
CTIZAN AD

पार्टीलाई विधिका आधारमा अघि बढाउन नेता नेपालको अपिल

वि.सं.२०७७ वैशाख ९ मंगलवार

969 

shares

९ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई विधिका आधारमा अघि बढाउन अपिल गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७१ औँ स्थापना दिवसका अवसरमा नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ लगायतका संस्थापक तथा शहिदहरुप्रति उच्च सम्मान व्यक्त गर्दै उनले प्रेस वक्तव्य मार्फत सो अपिल गरेका हुन् ।

‘पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउने कुरामा आ–आफ्नो ठाउँबाट योगदान गर्न पनि म सबैलाई आग्रह गर्दछु’, वक्तव्यमा भनेका छन् ।

सोमबार विकसित घटनाप्रति इंगित गर्दै उनले एकतालाई अझ सुदृढ, दिगो र बलियो बनाउनु पर्ने गहन जिम्मेवारी आएको बताएका छन् ।

कम्युनिष्ट आन्दोलनका विगतका टुटफुट र विभाजनका नकरात्मक अनुभवबाट पाठ सिक्दै दुई वर्षअघि गरेको पार्टी एकतालाई अझ सुदृढ, दिगो र बलियो बनाउनु पर्ने नेता कार्यकर्ताको गहन जिम्मेवारी भएको बताएका छन् ।

उनले बलियो र एकताबद्ध पार्टीबाट मात्रै मुलुकको आमुल परिवर्तनको नेतृत्व गर्न र जनताले सुम्पेको जिम्मेवारी कुशलताका साथ पुरा गर्न सकिने प्रष्ट पारेका छन् ।

हाल कतिपय विकसित घटनाक्रमले पार्टी भित्र अनेकौं आशंका र चिन्ता उत्पन्न भएको पाइएको उल्लेख गर्दै उनले यस्तो अवस्थामा हामीले सिंगो पार्टी पंक्तिलाई भावनात्मक रुपले एकताबद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नु पर्नेमा उनले जोड दिएका छन् ।

उनले कोभिड १९ को महामारीको विरुद्धमा सबै मिलेर लड्नु पर्ने बताउँदै उनले सरकारको नेतृत्व गरेको पार्टीको हैसियतले सिंगो राष्ट्र, पार्टीसहित अन्य पार्टीका नेता, कार्याकर्ता र जनताको ध्यान महामारीको संक्रमणका विरुद्ध लड्ने कुरामा केन्द्रीत हुन आग्रह समेत गरेका छन् ।

वि.सं.२०७७ वैशाख ९ मंगलवार १७:३७ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...