back
CTIZAN AD

मंगलबारसम्म साढे ३६ हजार बढीमा कोरोना परीक्षण, थप १ जनामा पुष्टि, संक्रमितको संख्या ३२ पुग्यो

वि.सं.२०७७ वैशाख ९ मंगलवार

822 

shares

९ बैशाख, काठमाण्डौं । नेपालमा हाल (बैशाख ९) सम्म ३६ हजार ७१९ जनामा कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । जसमा १ जना नयाँ संक्रमित थपिएका छन् । उदयपुरबाट ल्याइएको नमुना परीक्षणका क्रममा ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । अन्यको नमुना टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परीक्षणको क्रममा रहेको छ ।

हालसम्म परीक्षण गरिएकामा पिसीआर प्रविधिबाट ८ हजार ७६३ ( गत२४ घण्टामा ३३३ जनामा पिसीआर नमुना परीक्षण गरिएको हो । साथै र्यापिड डाइग्नोस्टीकबाट २७ हजार ९५६ जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । (गत २४ घण्टामा २ हजार ८०८ जनामा र्यापिड परीक्षण गरिएको हो ।) दुवै प्रविधिबाट हालसम्म कूल ३६ हजार ७१९ जनामा परीक्षण गरिएको हो ।

त्यस्तै हालसम्म प्रदेश १ मा २ हजार ६२०, प्रदेश २ मा ३ हजार ५९८, बाग्मती प्रदेशमा ५ हजार १५७ गण्डकी प्रदेश ४ हजार १८३, प्रदेश नम्बर ५ मा २ हजार ४८३ कर्णाली प्रदेशमा ३ हजार ७३८ र सुदूरपश्चिम प्रदेशमा ६ हजार १७७ जनामा परीक्षण गरिएको रिर्पोट आएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभरीका विभिन्न क्वारेन्टाइनमा ७ हजार ६७ जना रहेका छन् । यो संख्या हिजोको तुलनामा झण्डै १५ सय बढेको हो ।
त्यसैगरी हालसम्म आइसोलेनमा १०७ जना रहेका छन् । उनीहरुमा उपत्यकामा ६ जना र उपत्यका बाहिर १०१ जना रहेका छन् ।
त्यस्तै रेडजोनमा (जो व्यक्ति संभावित संक्रमित हुन सक्छन् । उनीहरुलाई ज्वरो, खोकी तथा बाहिरको यात्राबाट आएका) २६७ जना रहेका छन् ।

गत हप्ता वीरगन्जमा भेटिएका संक्रमितको ट्रेसिङका क्रममा वीरगन्जमा २२१ जना र उदयपुरमा ३२० जनाको पिसीआर नमुना लिइएको छ ।

नेपालमा सोमबारसम्म साढे ३३ हजारमा कोरोना परीक्षण, आइसोलेशनमा १११ र रेडजोनमा २६३ जना

वि.सं.२०७७ वैशाख ९ मंगलवार १७:२९ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...