कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गरे पछि अव सरकारका काम, योजना र कार्यशैलीले जनताको जीवन पद्दतीलाई सुधार गर्न सक्नु पर्दछ । यदि जनताको जीवन पद्दतीमा सुधार हुन सकेन भने कम्युनिष्ट पार्टी प्रति सदैब जनताको आकर्षण रहि रहन सक्दैन । जनताको अवस्थामा सुधार गर्न पार्टी र सरकारका काम हुन सकेन्न भने, थुपै देशमा सत्तामा पुगेका वामपन्थी पार्टीहरु जनताको जनमतवाट पछाडी धकेलिएको नेपालका वामपन्थीहरुले हेक्का राख्न जरुरी भएको छ ।
यतिखेर पार्टी स्थापना दिवस मनाईरहदा सिंगो देश,जनता र पार्टीहरुका बिचमा सहकार्य र एकता गरेर कोरोना बिरुद्ध लडन सक्दामात्रै पुष्पलालले पार्टी स्थापना गरेर नेपालमा न्याय, समानता सहित समृद्ध नेपाल निर्माण गरेर समाजबाद स्थापना गर्ने जुन संकल्प लिनुभएको थियोे, त्यो पूरा हुने बिश्वास लिन सकिन्छ ।
अप्रिल २२ लेनीनको जन्मदिनको सन्दर्भ पारेर नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको हो । आज भन्दा ७० बर्ष अगाडी कमरेड पुष्पलालको अगुवाईमा वि.सं. २००६ बैशाख ९ गते तदनुसार १९९४ अप्रिल २२ मा भारतको कलकत्ता स्थित श्याम बजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । पार्टी स्थापना गर्दा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जन गोवीन्द बैध, नारायण विलास जोशी र मोतीदेवी हुनुहुन्थ्यो । पार्टी स्थापनाको २ दिन पछि २४ अप्रिलमा नै नेपाली जनताका नाममा अपिल (पर्चा) प्रकाशित गरि सामन्ती शासनको अन्त्य गर्ने, जनताको पूर्ण नागरिक स्वतन्त्रताको प्रत्याभूति गर्ने र किसान तथा मजदुरको अधिकारका लागि किसान मजदुरको सरकार गठन गर्ने र सामन्तबाद साम्राज्यबाद विरोधी नव प्रजातन्त्र ल्याउनका लागि कम्युनिष्ट पार्टी स्थापना भएको पर्चामा उल्लेख थियो ।
पार्टी स्थापनाको ४ महिना पछि २००६ भाद्र ३० (१५ सेप्टेम्बर १९४९) मा पार्टीको केन्द्रीय सगंठन कमिटी गठन भएको थियो । जसमा महासचिवमा पुष्पलाल, र सदस्यहरुमा मनमोहन अधिकारी, तुल्सीलाल अमात्य, शैलेन्द कुमार उपाध्याय, डी.पी अधिकारी र अयोध्या प्रसाद सिंह रहेका थिए । तर केन्द्रीय संगठन कमिटिका अन्य ४ जना संस्थापक सदस्यहरु किन समावेश हुन सकेनन् ? अनुत्तरीत नै रहेको छ । केन्द्रीय संगठन कमिटीको घोषणासंगै पार्टीको प्रथम घोषाणपत्र जारी भएको थियो । घोषणा पत्रमा नेपाली क्रान्तीको भावी दिशा १२ बुँदामा उल्लेख गरिएको थियो । जसमा सामन्तवाद एवं साम्राज्यवाद विरोधी नयाँ जनवादी क्रान्ती, किसान र मजुदरको नेतृत्वमा निर्वाचित सरकार, संविधान सभाबाट संविधान निर्माण, क्रान्तीकारी भुमिसुधार, श्रमिक एवं किसानको अधिकारको सुनिश्चितता, स्वाधीन अर्थतन्त्रको निर्माण र सर्वशुलभ शिक्षा जस्ता आधारभूत विषय उल्लेख गरिएको थियो । वि.सं. २००८ असोज ११—१६ गते सम्म सम्पन्न प्रथम सम्मेलनमा महासचिव पुष्पलालद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा मुलुकमा नयाँ जनवादी क्रान्ती गरेर अर्ध सामन्ती र अर्ध औपनिवेश स्थितिको अन्त्य गर्ने उल्लेख गरेर नेपाली क्रान्तिको कार्यदिशा उल्लेख गरिएको थियो ।
नेपानको कम्युनिष्ट आन्दोलनले सामन्तबाद बिरोधी राजनीतिक आन्दोलन संचालन गर्दै अगाडी बढने क्रममा २०६३ मा आईपुग्दा निर्णायक बनेको सामन्तबाद बिरोधी आन्दोलनले राजतन्त्रलाई घुंडा टेकाई गणतन्त्र स्थापना गर्न सफलता प्राप्त भयो। पुष्पलालले पार्टी स्थापनाका बेला अगाडी सार्नु भएको संविधान सभाको एजेण्डा २०६५ सालमा आईपुग्दा पुरा भएको छ । झण्डै ७ बर्ष लगाएर दोश्रो संविधान सभाबाट संविधान घोषणा भयो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका बामपन्थी दलहरुको सहकार्यबाट जनता सार्वभौम सत्ता सम्पन्न रहने र समाजवादको आधार निर्माण गर्ने संविधान निर्माण गर्न सफलता प्राप्त भएको छ । संबिघान अनुसार निर्वाचनबाट संघ र प्रदेशको संसद तथा स्थानीय तहमा झण्डै दुई तिहाइको हाराहारीमा बामपन्थीहरुले विजयी हासिल गरेका छन र बाम गठवन्धनको नेतृत्वमा केन्द्र तथा प्रदेशमा सरकार गठन भएको छ । यसरी २०६२÷०६३ मा भएको युगान्तकारी परिवर्तनबाट राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना र यसको संवैधानिक सुनिश्चितताले, मुलुकमा शान्तीपूर्ण तवरले नै राजनीतिक क्रान्ती सम्पन्न भएको छ । पुष्पलालले अगाडी सार्नुभएको जनवादी राजनीतिक क्रान्तीको लक्ष्य पुरा भएको छ ।
अब नेपाली क्रान्तीलाई पूर्णता प्रदान गर्न आर्थिक र सामाजिक क्रान्ती सम्पन्न गर्दै मुलुकलाई समाजवादी बाटोमा अगाडी बढाउनुपर्ने दायित्व बामपन्थी दलहरु सामु आएको छ । मुलुकमा भएको युगान्तकारी परिवर्तनका आन्दोलनहरुमा बामपन्थी दलहरुको पहलकदमी र बैचारिक नेतृत्वमा नै सफल भएका छन् ।
समाजवादको आधार निर्माणका लागि दिशाबोध भएको संविधान निर्माण जस्तो ऐतिहासिक कार्य पनि बामपन्थीहरुकै सहकार्य र नेतृत्वबाट सम्भव भएको छ । नेपालमा बामपन्थीहरुको नेतृत्वमा शान्तिपूर्ण तवरले सम्पन्न भएको राजनीतिक क्रान्तिको सफलताबाट विश्वका अन्य देशका बामपन्थी एवं समाजवादी आन्दोलनका लागि अनुकरणीय बन्न पुगेको छ ।
कम्युनिष्ट पार्टी स्थापना भएको ७० बर्षमा आईपुग्दा नेपाली समाजमा विकास भएको चेतनाको जगले द्धन्द्धात्मक भौतिकबादी एवं माक्र्सवादी विचारले बहुसंख्यक मानिसलाई लैस गराउँदै लगेको छ । कुल जनसंख्याको झण्डै ६०% संख्याका बालिगहरुले कम्युनिष्ट पार्टीका नीति, विचार, कार्यक्रमबाट आकर्षित भएर निर्वाचनमा वामपन्थी उम्मेदवारहरुलाई मत प्रकट गरेका छन् । शुरुमा ५ जनाबाट स्थापना भएको कम्युनिष्ट पार्टीमा आज लाखौ लाख मानिसहरु आवद्ध भएका छन्, यसका साथै पार्टी भित्रको युवा, महिला, किसान, मजदुर, लगायतका पेशागत संगठन, ट्रेड युनियनहरुमा लाखौं लाख संख्यामा मानिशहरु संगठित भएका छन् ।
पुष्पलालको अगुवाईमा स्थापना भएको कम्युनिष्ट पार्टीमा पहिलो महाधिवेशन देखि दक्षिणपन्थी रुझानहरु नेतृत्वमा देखा परेको थियो । दोश्रो महाधिवेशनमा राजा परस्त रायमाझीेले नेतृत्व नै हत्याउन सफल भए । त्यसपछि कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी, आत्मसमर्पण बादी चिन्तनहरु एवं प्रबृत्तिहरु बढ्दै गए । पार्टी पुर्नगठनको प्रक्रियाले यस्ता प्रवृतीलाई परास्त गरे पनि २०६२/०६३ को आन्दोलनमा गणतन्त्रको कार्य दिशाका विरुद्ध दक्षिणपन्थी, यथास्थिति बादी साेंच चिन्तनहरु र विचार प्रकट नभएका होइनन तर आन्दोलनको राप र तापले यस्ता प्रबृतिलाई परास्त ग¥यो र आन्दोलन सफल भयो ।
नेपालको कम्युनिष्ट आन्दोलन अव नयाँ कार्य दिशाका साथ अगाडी बढ्दै छ । नेपाली अर्थ राजनीतिमा हावी हुदै गएको दलाल पूँजीवादलाई नियन्त्रण र अन्त्य गरेर राष्ट्रिय पूँजीको निर्माण, उत्पादन र रोजगारी वृद्धि हुने क्षेत्रमा व्यापक लगानी, औद्योगिकिकरणको थालनी सँगै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गरेर मुलुकलाई समाजवादी बाटोमा अगाडी बढाउनु पर्ने ऐतिहासिक दायित्व बामपन्थीहरुका सामु आएको छ । यतिखेर कम्युनिष्ट आन्दोलनमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मुलप्रबाहको रुपमा अगाडी बढेको छ। राज्यसत्ताको नेतृत्व समेत गर्न सफलता प्राप्त गरेको छ । अब नेपाली क्रान्तीलाई पुर्णता प्रदान गर्न आर्थिक सामाजिक क्रान्ति गर्न पनि नेकपाले अगुवाई गर्नु पर्ने अभिभारा आएको छ । मुलुकलाई लोकतान्त्रीकरण गरेर गणतन्त्रलाई संस्थागत र सुदृढीकरण गर्दै सामाजिक न्याय प्रदान गर्दै समाजबादको आधार निर्माणको कार्यभार रहेको छ ।
अबको नेपाली क्रान्ति सम्पन्न गर्ने राजनीतिक कार्यनीतिक कार्य दिशा निर्धारण गरेर अगाडी बढन जरुरी छ । अब क्रान्तिलाई अगाडी बढाउन बाधक शक्त्ती र प्रबृत्तिको बिश्लेषण र किटान गरेर अभिभारा निर्धारण गर्ने नेकपाका सामु अभिभारा छ । तर पार्टी एकिकरण भएको १ बर्ष ब्यतित हुंन लाग्दा पनि एकिकरण ब्यबस्थित हुन नसक्नु, नियमित बैठक बसेर पार्टीलाई संस्थागत तवरले संचालन गर्ने चुनौती देखिएको छ। जनतालाई परिबर्तनको अनुभूति हुने गरि राहतमुखी कार्यक्रमको संचालन, दलालपुँजीबादलाई निरुत्साहित गर्दे राष्टिृय पुंजीको विकास गरेर औधोगिकिकरण को थालनी, उत्पादन बृद्धि र ब्यापक रोजगारीका अवसर श्रृजना, शुसासनका मुल्यमान्यता अनुरुप सरकारको संचालन गर्ने यतिखेर सरकारका सामुका अभिभारा हुन । यसका लागि पार्टी भित्र ब्यापक छलफल गरेर निकालीएका निष्कर्षलाई सरकारमार्फत लागु गर्न निर्देशीत गर्न जरुरी छ। तर पार्टी भित्र यस ढंगले गंभीरता पुर्बक छलफल हुने स्थिती नहुदा पार्टी र सरकारका बिच भ्याकुम खडा हुदै गएको छ।
समाज, राष्टृ र कम्युनिष्ट आन्दोलनलाई पनि साँचो अर्थमा लोकतान्त्रिकरण गर्ने अभिभारा रहेको हुँदा पार्टी भित्र लोकतान्त्रिक पद्दतीको जिवन्त अभ्यास, अनुशासन र स्वतन्त्रताको दृढता र सन्तुलित अभ्यास, सहभागीता, सम्बाद र जवाफदेहीतामा आधारित जनवादी केन्द्रीयताको अभ्यास हुन जरुरी छ । यसो हुदा मात्र पार्टी, समाज र राष्ट्र लोकतान्त्रिकरणको दिशामा अगाडी बढ्दछ । र यस्तो पार्टीले मात्र राज्यसत्ता, र समाजलाई पनि लोकतान्त्रीकरणको दिशामा अगाडी बढाउन सक्षम हुन्छ । यसै गरी कम्युनिष्ट आन्दोलन भित्र हुर्किएको विकृती, विसंगती, र दक्षिणपन्थी सोंच चिन्तन प्रबृतिका विरुद्ध दृढतापुर्वक बैचारिक संघर्ष गरेर आन्दोलनलाई माक्र्सवादीकरण र क्रान्तीकरण गर्नु र पार्टीभित्र सर्वहाराकृत बर्ग दृष्टिकोण, कार्यशैली र जीवन शैलीको विकास गर्नु पर्ने उत्तिकै खाँचो छ । आन्दोलन भित्र नेतृत्व निर्माण विकास र हस्तान्तरणको विषय पनि उत्तिकै महत्वपूर्ण विषय बनेको छ । खासगरि नयाँ पुस्तालाई पार्टी भित्र उन्नत बैचारिक स्तरका साथ भर्ती गर्ने, उनीहरुलाई माक्र्सवादी चेतना र विचारले लैस गर्ने, नेतृत्व विकासका लागि संरचनागत व्यवस्था गर्दै नेतृत्व हस्तान्तरणलाई सहज बनाउन आवश्यक छ । पार्टी भित्र विद्यमान दक्षिण पन्थी सोंच, चिन्तन र गुट उपगुट लाई अन्त्य गर्न राजकीय क्षेत्रको पद र अवसरलाई समन्यायिक ढंगले वितरण गर्ने विधि पद्दतीको विकास गर्नु पर्दछ । कार्य सम्पादनमा आधारित नेतृत्व छनौटको विधिलाई अवलम्वन गर्न जरुरी छ । कार्य सम्पादन गर्न सक्षम र योग्यहरुका विचबाट मात्र नेतृत्व छनौट गर्ने पद्धतीको विकास गर्नु पर्दछ ।
कम्युनिष्ट पार्टीले राज्य संचालनको नेतृत्व लिन थालेपछि अब पार्टी र सरकार विचको सम्वन्ध अझ व्यवस्थित गर्न जरुरी छ । पार्टीका सबै नेतृत्व सरकार र राजकीय निकायका क्षेत्रमा जाने प्रबृत्तिले पार्टी कामहरु ओझेल पर्दैछन् । पार्टी कार्यालयहरु बसाई हिडेको मानिसका घर झै बन्न थालेका छन् । तसर्थ सरकारका कामको आवधिक ढंगले समिक्षा र मूल्याङकन गर्ने, नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई स्थापित गर्ने, र पार्टी काम र सरकार तथा राजकीय क्षेत्रको जिम्मेवारी भिन्न भिन्न व्यक्तिबाट सम्पादन गर्ने विधि र पद्दतीको स्थापना गर्न जरुरी छ । कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गरे पछि अव सरकारका काम, योजना र कार्यशैलीले जनताको जीवन पद्दतीलाई सुधार गर्न सक्नु पर्दछ । यदि जनताको जीवन पद्दतीमा सुधार हुन सकेन भने कम्युनिष्ट पार्टी प्रति सदैब जनताको आकर्षण रहि रहन सक्दैन । जनताको अवस्थामा सुधार गर्न पार्टी र सरकारका काम हुन सकेन्न भने, थुपै देशमा सत्तामा पुगेका वामपन्थी पार्टीहरु जनताको जनमतवाट पछाडी धकेलिएको नेपालका वामपन्थीहरुले हेक्का राख्न जरुरी भएको छ ।
जनताले अहिले नेपाल कम्युनिस्ट पार्टीलाई दुई तिहाइको जनमतका साथ सरकार संचालनको मेन्डेट दिएका छन । तर अहिले भर्खरै पार्टी भित्र कुनै छलफल नगरि पार्टी र दल बिभाजन गर्ने र शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलन बिपरित सरकारबाट दुई वटा अध्यादेश ल्याएको छ । यो अध्यादेश संबैधानिक स्प्रिट, राजनीतिक एबं जनभावना बिपरित रहेको छ । यस्तो अध्यादेश ल्याउने सरकारको निर्णयले पार्टीको लोकतान्त्रीक ईमेजमा धब्बा लागेको छ । यो अध्यादेश संगसगै अब राजनीतिक दलहरूमा बिखण्डनको लहर शुरु हुनेछ । यसले राजनीतिक अस्थिरता श्रृजना गर्दछ। दलहरूका बिचको सहमति, सहकार्य र एकताबाट यो महामारीका बिरुद्ध लडनु पर्नेमा सरकारको यो कदमले कोरोनाको बिरुद्धको लडाइँ कमजोर हुन्छ । यसले सरकार मात्रै होईन पार्टी र सिंगो कम्युनिस्ट आन्दोलनमा धब्बा लाग्ने छ । यतिखेर पार्टी स्थापना दिवस मनाईरहदा सिंगो देश, जनता र पार्टीहरुका बिचमा सहकार्य र एकता गरेर कोरोना बिरुद्ध लडन सक्दामात्रै पुष्पलालले पार्टी स्थापना गरेर नेपालमा न्याय, समानता सहित समृद्ध नेपाल निर्माण गरेर समाजबाद स्थापना गर्ने जुन संकल्प लिनुभएको थियोे, त्यो पूरा हुने बिश्वास लिन सकिन्छ ।
(लेखक : नेकपाका केन्द्रीय सदस्य हुन् । )
वि.सं.२०७७ वैशाख ९ मंगलवार १६:२६ मा प्रकाशित