back
CTIZAN AD

नेपालमा सोमबारसम्म साढे ३३ हजारमा कोरोना परीक्षण, आइसोलेशनमा १११ र रेडजोनमा २६३ जना

वि.सं.२०७७ वैशाख ८ सोमवार

711 

shares

८ बैशाख, काठमाण्डौं । नेपालमा सोमबारसम्म ३३ हजार ५६२ जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ । जसमा पिसीआर प्रविधिबाट ८ हजार १४ जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ३२४ जनाको परीक्षण गरिएको हो ।

त्यसैगरी र्यापिड डाइग्नोस्टीक प्रविधिबाट २५ हजार १४८ जनामा परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ३ हजार १९ जनामा परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यी दुवै प्रविधिबाट जाँच गर्दा हालसम्म ३३ हजार ५६२ जनामा परीक्षण भएको हो ।

त्यसैगरी सातै प्रदेशमा गरिएको परीक्षणमा प्रदेश १ मा २ हजार ३४९, प्रदेश नम्बर २ मा ३ हजार २३८, बाग्मती प्रदेशमा ४ हजार ६७६, गण्डकी प्रदेशमा ३ हजार ७५१, प्रदेश ५ मा २ हजार ३२४, कर्णाली प्रदेशमा ३ हजार २३२ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ५७८ जनामा र्यापिड टेष्ट गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभरीका विभिन्न क्वारेन्टाइनमा ५ हजार ९३६ जना, आइसोलेसनमा १११ जना रहेका छन् । जसमा उपत्यकामा ४ र उपत्यकाबाहिर १०७ जना रहेका छन् । साथै रेडजोनमा २६३ जना रहेका छन् । उनीहरुको नमुना परीक्षण तथा कन्ट्रयाक ट्रेसिङको कार्य र स्थानीय निकायलाई जानकारी दिने काम भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय माइक्रो वायोलोजी केन्द्रीय विभाग किर्तिपुरबाट कर्णाली प्रदेश सरकारका लागि रियल टाइम पीसिआर मसिन उपलब्ध गराएको जानकारी समेत दिइएको छ ।

मन्त्रालयका अनुसार आइतबार उदयपुरमा १५२ जनामा पिसीआर प्रविधीबाट जाँच गरेको र उक्त नमुना हाल जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण भइरहेको पनि बताईको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । ३१ जनामा कैलाली, काठमाण्डौं र बाग्लुङका ३ जना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।

नेपालमा हालसम्म साढे २९ हजारमा कोरोना परीक्षण, ३१ जना संक्रमित, आइसोलेसनमा १०३ र रेडजोनमा २६० जना

यस्तो छ कोभिड १९ सम्बन्धमा स्वास्थ्य मन्त्रालयको आजको जानकारी(हेर्नुस् भिडियो)

वि.सं.२०७७ वैशाख ८ सोमवार १६:५८ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...