back
CTIZAN AD

कतारमा कोरोनाको कहरः कम्पनीले आफ्ना कामदारका लागि यी नियम पूरा नगरे कारबाही हुने

वि.सं.२०७७ वैशाख ९ मंगलवार

759 

shares

९ बैशाख, काठमाण्डौं । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले रोजगारदाता कम्पनीहरुले आफ्ना कामदारहरुलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउनका निम्ति अपनाउनुपर्ने उपायहरुका सम्बन्धमा विभिन्न निर्देशन जारी गरेको छ ।
मन्त्रालयले रोजगारदाता कम्पनीहरुले आफ्ना कामदारहरुलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउनका निम्ति विभिन्न उपाय अपनाउन जारी गरेको निर्देशनको बुँदा यसप्रकार रहेको छ ।
१. जानकारी तथा सचेतना
– रोजगारदाता कम्पनीले कोरोना भाइरससम्बन्धी आफ्ना कामदारहरुलाई सूचना बाँड्ने र सचेतना जगाउने र व्यवसाय र सरकारले चालेका कदमहरुबारे जानकारी दिने।
– व्यक्तिगत सरसफाइ जस्तो कि हात धुने, खोकी र हाँच्छ्यु गर्दा मुख छोप्ने, हातले मुख नछुने तथा शरीरको तापक्रम र श्वासप्रश्वास निग्रानी गर्ने जस्ता बानीहरुको महत्वबारे कामदारहरुलाई जानकारी गराउने ।
– कामदारहरुले बोल्ने भाषामा जानकारी दिने र प्रश्न र धारणा राख्न प्रोत्साहन गर्ने।

२. सरसफाइ
– धेरै प्रयोगमा आउने स्थानहरु जस्तो कि भान्सा, शौचालय, क्यान्टिन, रेलिङ्गजस्ता स्थानहरुको सरसफाइ बढाउने ।
– ढोकाको ह्यान्डिल, किबोर्ड, रिमोट कन्ट्रोल, टेबल जस्ता प्रयोग भइरहने सतहहरु प्रयोग गर्दा प्रत्येक पटक पुछेर प्रयोग गर्नका लागि कामदारहरुलाई वाइपहरु उपलब्ध गराउने।

३. भीडभाड घटाउने
-अर्को सूचना नआएसम्म कार्यघन्टा ६ घन्टामा सीमित गर्ने ।
-कार्यस्थलमा कामदारहरुको प्रवेश र बहिर्गमन फरक फरक समयमा मिलाउने ।
– साझा स्थलहरु जस्तै क्यान्टिन र लुगा फेर्ने कोठाहरुमा भीडभाड हुन नदिइ एक पटकमा निश्चित संख्यामा कामदारुले प्रयोग गर्ने व्यवस्था मिलाउने ।
-कार्यस्थल र बस्ने ठाउँमा भीडमाड घटाउन प्रत्यक कामदारलाई ६ वर्ग किमि को ठाउँ उपलब्ध गराउने ।
-अत्यावश्यक बाहेकका सबै प्रत्यक्ष बैठकहरु नगर्ने र आन्तरिक गतिविधि तथा आवतजावत पनि कम गर्ने ।
– सबै तालिम कार्यक्रम बन्द गर्ने ।

४. कार्यस्थल सुरक्षा
-कोरोना सङ्क्रमण रोक्न र कामदारहरुलाई जोगाउन जोखिम मूल्याङ्कन गर्ने ।
– कोभिड १९ का केसहरु र उनीहरुसँगका सम्पर्क पहिचान गरी व्यवस्थापन गर्न जनस्वास्थ्य अधिकारीहरुसँगको सहकार्यमा योजना बनाउने ।
– मानसिक स्वास्थ्यमा विचार पुर्याउने (जस्तोकी काम, तलब, सुरक्षा, कोरोनाको सङ्क्रमण र परिवारको अवस्थाको चिन्ता)
– निको भएर आएका कामदारहरुलाई मानसिक र सामाजिक सहयोग उपलब्ध गराउने ।
– काममा जानु अघि र कामबाट फर्किसकेपछि कामदारहरुको ज्वरो नाप्ने ।
– ज्वरो आएका कामदारहरुलाई अलग्ग राखी १६००० मा सम्पर्क गर्ने ।
– कम्पनीभित्र उपलब्ध क्लिनिकहरुमा कामदारहरुको स्वास्थ्य अवस्थाबारे बुझ्ने । मधुमेह, मुटु र श्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामीहरु सङ्क्रमणको जोखिममा भएकाले उनीहरुलाई विशेष ध्यान दिने ।
-बसको क्षमताको ५०५ सिटहरुभन्दा धेरै कामदारहरु नराख्ने ।
-कार्यस्थलमा मास्क र स्यानिटाइजरको सुनिश्चितता गर्ने।
– कार्यस्थलमा कुनै प्रकारको भेला हुन नदिने र काम गर्दा कामदारहरुबीच दूरी कायम गर्ने ।

-कार्यस्थलमा अरु सम्बन्धित सुरक्षा र स्वास्थ्य जोखिमबारे ध्यान दिने।
सबै रोजगारदाता कम्पनीले माथि उल्लेख भएबमोजिमका निर्देशनहरु पालना गरेको वा नगरेको बारे श्रम निरीक्षण विभागले कडा निगरानी गर्ने र निर्देशन पालना नभएको खण्डमाLaw No 9 of 2020 र Decree Law No 17 of 1990 अनुसार दण्ड जरीवाना हुने मन्त्रालयले बताएको छ ।

कतारमा हालसम्म ६६ हजार ७२५ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा ६ हजार ५३३ जनामा संक्रमण पृष्टि भएको छ । ती मध्ये ६१४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ५९ जना निको भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै कतारमा हालसम्म मृत्यु हुनेको संख्या ९ जना पुगेको छ ।

वि.सं.२०७७ वैशाख ९ मंगलवार १८:३४ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...