back
CTIZAN AD

अप्ठ्यारामा परेका सल्यानीहरुलाई सघाउँदै काँग्रेस युवा नेता शाह

वि.सं.२०७७ वैशाख ९ मंगलवार

1K 

shares

९ वैशाख, काठमाडौँ । नेपाल काँग्रेसका युवा नेता ऋषिकेश जंग शाहले कोरोना भाइरस रोकथामका लागि सरकारले देशभर लकडाउन गरेका कारण समस्यामा परेका सल्यानीहरुलाई सघाउने कार्यमा खटेका छन् ।

काठमाडौँमा रहेर देशका विभिन्न ठाउँमा समस्यामा परेका सल्यानीहरुलाई बस्न खानको व्यवस्था गर्नुका साथै उनीहरुलाई घर फर्किनसमेत बसको व्यवस्था गरिएको उनले जानकारी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन् ।
उनले लेखेका छन् :

आदरणीय साथीहरू,
नमस्कार !

गोजीमा, रुपैया छैन तर जसरी पनि सहयोग गर्नुछ ।

देश संकटमा छ । जनता संकटमा छन् । यसै सिलसिलामा सल्यान जिल्लाबाट राजधानी लगायत अन्य जिल्लासम्म मजदुरी गर्न आएका करिब २०० जना दाजुभाई दीदी बहिनीहरू (नुवाकोट बेलकोट, सिन्धुपालचोकको बाह्रबिसे, काठमाण्डू भक्तपूर र ललितपूरका विभिन्न ठाऊमा समस्यामा भएको खबर पाएपछि बिभिन्न किसिमले धेरै पक्षसंग कुरा गरेँ । म उहाँहरूलाई निःशुल्क आफनो घर सम्म पुग्ने अबस्था होस भनेर कोशिश गरीरहेको छू ।
कुनै पनि हालतमा हामी सबै मिलेर उहाँहरूलाई सहयोग गर्नुपर्छ भन्ने अनुरोध गर्द्छु ।

यो सिलसिलामा मैले माननीय मन्त्रीद्वय वर्षमान पुन र शक्ती बस्नेत ज्यू संग कुरा गरे । उहाँहरूले गाड़ी ब्यबस्था गर्नुस प्रशासनिक सहयोग हामी गरौला भन्नु भयो । मैले यो समस्या बारे नेपाली कांग्रेसका महामन्त्री पूर्ण बहादुर खड़का र सहमहामन्त्री प्रकाशशरण महत र पार्टी सभापति ज्यू का स्वकिय सचिब भानु देऊवाज्यूसंग पनि कुरा गरे । दांगको रास्ट्रीय अनुसन्धानका एस पी टेकराज तीमील्सिना संग कुरा गरे । सीडीयो ग़ोबिन्द रिजालले पनि सहयोगको बचन दिनु भएको छ ।
सल्यान शारदा न.पा.का मेयर सुरेश अधिकारी र त्रिवेणी गाऊँपालिका अध्यक्ष मान बहादुर दाँगी संग पनि कुरा गरेको छु ।

काठमाण्डूमा बसको समस्या भएकोले दांगको बस समितिका सचिब नारायण न्यूपानेजीसंग अनुरोध गरेर दांगबाट

(१) ना ४ ख ८१८२
(२) ना ५ ख ६९५०
(३) रा १ ख २१४५
(४) ना ५ ख २९४९

नम्बरका ४ वटा बसहरू दांगबाट काठमाण्डूको लागी रमाना भईसकेका छन । दांगबाट बिचमा पर्ने कपिलबस्तु बूटवल, सुनवल, गैडाकोट, नारायणघाट देखी काठमाण्डू सम्मका ।
यो सानो समस्या समाधानको लागी मैले साथीहरूलाई सहयोगको लागी अनुरोध गरे ।

त्यस्तै पोखरामा पनि १८ जना सल्यानी भाईहरू अप्ठेरोमा रहेछन । ऊनीहरूलाई पनि गृह जिल्ला सम्म पुर्याउने व्यवस्था गर्ने कोशिशमा छु । पोखरामा पनि सहयोगको अपेक्षा प्रकट गरे ।

मलाई यो अभियानमा सल्यानी युवा ब्यबसायी कल्पदीप राईले ५०,००० नगद सहयोग गर्ने बचन दीनु भएको छ ।
अप्ठेरोमा सहयोग गर्ने मन भए अगाडि आउन अनुरोध छ ।

वि.सं.२०७७ वैशाख ९ मंगलवार १८:४८ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...