back
CTIZAN AD

सवा २ अर्बको स्वास्थ्य सामाग्री ल्याउन सेनाको चिनसंग अन्तिम सम्झौता

वि.सं.२०७७ वैशाख ९ मंगलवार

858 

shares

९ वैशाख, काठमाडौं । चिनबाट स्वास्थ्य सामाग्री ल्याउन नेपाली सेनाले सम्झौता गरेको छ । करिब २ अर्ब २५ करोड मूल्य बराबरको सम्झौता गरेको नेपाली सेनाले जनाएको छ ।

सेनाले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा सैनिक प्रबक्ता विज्ञानदेव पाण्डेले ८४ लाख ४१ हजार सात सय ६ दशमलब ३५ अमेरिकी डलर बराबरको सामाग्री ल्याउन लागेको जानकारी दिए । यो करीब २ अर्ब २५ करोड रुपैंयाँ बराबर हुन्छ ।

सेनाका अनुसार आज भएको उक्त सम्झौतामा नेपालकोे तर्फबाट सैनिक जंगीअड्डा सम्भार रथी प्रभुराम शर्मा तथा चिन सरकारको तर्फबाट वाणिज्य मन्त्रालयका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । सम्झौता गरेको कम्तिमा सात दिन भित्रमा बेइजिङमा जम्मा हुन थाल्ने जनाईएको छ ।

नेपाल राष्ट्र बैकबाट स्विकृति लिएर रकम समेत जम्मा गरिसकेको प्रबक्ता पाण्डेले जानकारी दिएका छन । यस अघि सरकारले जिटुजि प्रकृयाबाट स्वास्थ्य सामाग्री ल्यउन सेनालाई जिम्मा दिएको थियो ।

चिनबाट स्वास्थ्य सामाग्री खरिद गर्ने नेपाल ८१ राष्ट्र भएको तथा नेपाल सरकारले ल्याउने सामाग्री ३ सय ४२ टन हुने छ । चिनबाट ल्याईने सामाग्रीहरुमा पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीइर्), एन ९५ मास्क लगायत ६७ प्रकारका स्वास्थ्य सामग्रीहरु रहेका छन ।

यी सबैसामग्रीहरु चिनको सरकारी कम्पनी चाइना सिनोफर्म कम्पनीबाट खरिद गरि ल्याईने छन । सामाग्री ढुवानीमा अधिकतम मितब्ययीता अपनाईने पनि सेनाले जनाएको छ । हवाई मार्गबाट सामान ल्याउँदा केहि महंगो पर्ने भन्दै सेनाले केहि अत्याबस्यक सामागीहरु नेपाल बायू सेवा निगमको वाइड बडी बिमानबाट २ खेप तथा स्थल मार्गबाट बाकी सामान ल्यउने तयारि गरेको छ ।

वि.सं.२०७७ वैशाख ९ मंगलवार १९:३५ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...