१० बैशाख, कतार । कोरोनाका कारण समस्यामा परेका कतारका नेपालीले कतार च्यारिटीबाट खाद्य सामग्री लिन सक्ने बताइएको छ ।
नेपाली दूतावास कतारका अनुसार कोरोनाका कारण समस्यामा परेकाहरुलाई कतार च्यारिटीले सहयोग गर्ने भएकोले यस्तो सहयोग आवस्यकता पर्ने नेपाली दाजुभाइ दिदी बहिनीहरुले पनि उक्त संस्थाले उपलब्ध गराएको यो लिंकमा गई माग गरिएका विवरण दर्ता गराउन पर्नेछ ।
च्यारिटीले उक्त विवरण जाँच गरेपछि व्यक्तिको मोबाईल नम्बरमा कुपन नम्बरसहित म्यासेज पठाउने र उक्त कुपनबाट आफूलाई पायक पर्ने ठाउँमा रहेको अल मीरा स्टोरबाट खाद्य सामाग्री प्राप्त गर्न सक्ने पनि दूतावासले जनाएको छ ।
कतारमा कोरोनाको कहरः कम्पनीले आफ्ना कामदारका लागि यी नियम पूरा नगरे कारबाही हुने
कतारमा हालसम्म ७० हजार १२ जनामा कोरोनाको परीक्षण गरिएको छ । जसमा हालसम्म ७ हजार १४१ जनामा संक्रमित पुष्टि भएको छ । गत २४ घण्टामा ६०६ जनालाई संक्रमण पुष्टी भएको हो ।
त्यस्तै हालसम्म संक्रमित मध्ये ६८९ जना निको भएर घर फर्किएका छन् । साथै पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएसँगै मृतकको संख्या १० पुगेको छ ।
वि.सं.२०७७ वैशाख १० बुधवार १९:२१ मा प्रकाशित






























