back
CTIZAN AD

भारतमा कोरोनाको कहरः ४३ दिनमा ६६० जनाको मृत्यु, २० हजार बढी संक्रमित

वि.सं.२०७७ वैशाख १० बुधवार

870 

shares

१० बैशाख, भारत । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६० पुगेको छ ।

भारतमा हालसम्म (४३ दिनमै) संक्रमित हुनेको संख्या २० हजार ४७१ पुगेको छ भने मृत्युहुनेको संख्या ६६० पुगेको हो । यो मृत्युको संख्या औसतमा दैनिक १५ जना भन्दा बढी हो । साथै हालसम्म ४ हजार ११५ जना निको भएर घर फर्किएका छन् ।

भारतमा आजमात्रै १० जनाको मृत्यु भएको छ । जसमा गुजरातमा ५, आन्ध्र प्रदेश र महाराष्ट्रमा २/२ र उत्तर प्रदेशमा १ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

भारतमा मंगलबार (एकैदिनमा) ५३ जनाको मृत्यु भएको थियो । यो संख्या अहिलेसम्मकै बढी रहेको बताइएको छ ।

मंगलबार महाराष्ट्रमा १९, गुजरातमा १९, मध्ये प्रदेशमा ४, उत्तर प्रदेश र पश्चिम बंगालमा ३÷३ र आन्ध्र प्रदेशमा २ राजस्थान, तमिलनाडु र कर्णाटकमा १/१ जनाको मृत्यु भएको थियो ।

कुन राज्यमा कतिजनाको मृत्यु भयो त अहिले सम्म ?
भारतमा अहिलेसम्म ६६० जनाको मृत्यु भएकोमा महाराष्ट्र २५३, गुजरात ९५, मध्य प्रदेश ८०, दिल्ली ४७, राजस्थान २६, तेलंगाना २३, आंध्र प्रदेश २४, उत्तर प्रदेश २२, तमिलनाडु १८,कर्नाटक १७, पंजाब १६, पश्चिम बंगाल १५, जम्मू कश्मीर ५, हरियाणा ५, केरला ३, हिमाञ्चल प्रदेश २, चंडीगढ २, झारखंड ३, आसम,बिहार १, मेघालय र ओडिशामा १÷१ गरेर जम्मा ६६० जनाको मृत्यु भएको हो ।

भारतमा संक्रमित मध्ये पहिलोपटक मार्च ११ मा कर्णाटकमा एक व्यक्तिको मृत्यु भएको थियो ।

वि.सं.२०७७ वैशाख १० बुधवार २१:५२ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...