back
CTIZAN AD

झलनाथद्वारा अस्थिरताको विपक्षमा उभिन आग्रह

वि.सं.२०७७ वैशाख १० बुधवार

789 

shares

१० वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अस्थिरताको विपक्षमा उत्रिन तमाम नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

बिबिसि नेपाली सेवाको कार्यक्रममा बोल्दै नेता खनालले पार्टी सँग कुनै छलफल नगराई र संविधानको भावनाको विचार विमर्श नगरी ल्याइएको अध्यादेश संविधान विपरित भएको बताएका छन् ।

बहुदलीय प्रणालीमा सन्तुलनको बाध्यता भन्दा टाढा पुगेर प्रधानमन्त्री ओलीले अचानक र अनाहक ४० प्रतिशतको प्रावधान ल्याएकोमा असन्तुष्टि जनाए । पार्टी र संगठनलाई पुरै बेवास्ता गरेको कारण सचिवालय बैठक बोलाइएको तर बैठक शुरु हुँदाहुँदै अध्यादेश पास भएर आइसकेकोले छलफलको औचित्यता नरहेको समेत बताए ।

प्रधानमन्त्री ओलिले ऐन ल्याए पनि नेकपा फुट्न नसक्ने बताउँदै उनले देशभरीका नेता कार्यकर्ता अस्थिरताको विपक्षमा उभिन तयार रहेको समेत बताएका छन् । उनले पार्टीको बैठकले नै ओलीको कदमको समिक्षा गर्ने जनाएका छन् ।

यसैबीच नेकपा भित्र स्थायी समितिको बैठकको माग गरिएको छ । जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य र भीम रावल लगायतको पहलमा आधाभन्दा बढी स्थायी समिति सदस्यले बैठकको माग गरेका छन् ।

वि.सं.२०७७ वैशाख १० बुधवार २१:५९ मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...