back
CTIZAN AD

अध्यादेश फिर्ता लिन मानवअधिकार संगठनको माग

वि.सं.२०७७ वैशाख ११ बिहीवार

846 

shares

११ वैशाख,काठमाडौँ । नेपाल मानव अधिकार संगठन(हुरोन) ले सरकारद्वारा हालै जारी गरेको अध्यादेश फिर्ता लिन अपील गरेको छ ।

सरकारले वैशाख ८ ल्याएको संबैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी जारी गरेको अध्यादेश प्रजातान्त्रिक पद्धती, मूल्य र मान्यता विपरित भएको भन्दै हुरोनले अध्यादेश फिर्ता लिन अपील गरेको हो ।

प्रधानमन्त्रीले रहस्यमय ढङ्गले अध्यायदेश जारी गर्नुलाई संवैधानिक लोकतन्त्रमाथिको गम्भिर प्रहार भनेको छ । अध्यादेशले शक्ति पृथकिकरण, नियन्त्रण र सन्तुलनको संवैधानिक प्रावधानलाई लत्याएको आरोपसमेत लगाइएको छ ।

सिंगो विश्व कोभिड १९ को महामारीमा संघर्ष गरिरहेका बेला लोकतन्त्रको जगलाई नै आघात पुग्ने गरी अध्यायदेश ल्याउने कार्यको संगठन भत्सर्ना गर्दछ, अध्यक्ष महामुनीश्वर आचार्यद्वारा अपीलमा उल्लेख छ ।

अपिलमा राष्ट्रपतिले समेत हतारमा अध्यादेश जारी गर्नु उनको पदको गरिमा अनुकुल नभएको भनिएको छ ।

लोकतन्त्र नै क्षतविक्षत गर्ने यस्ता षड्यन्त्त विरुद्ध समयमै सचेत रहन लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध सबैमा आग्रह समेत गरिएको छ ।

वि.सं.२०७७ वैशाख ११ बिहीवार १३:२२ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...